चौतर्फी विरोधपछि ‘गुन्डा नाइेके’ अभिषेक गिरीको स्थानान्तरण तत्काललाई रोकियो

  • आश्विन २१, २०७८
  • ४३५ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर । मोरङ कारागारमा गुन्डा नाइके अभिषेक गिरीलाई पठाउने निर्णयको चौतर्फी विरोध भएपछि उनको स्थानान्तरण तत्काललाई रोकिएको छ ।

गिरीलाई मोरङ ल्याउने निर्णयको चौतर्फी विरोध भएपछि तत्कालका लागि उनको स्थानान्तरण रोकिएको हो । गिरी आउने भएपछि मोरङ कारागारअगाडि दुई दिनयता दैनिकजसो प्रदर्शन हुने गरेको थियो । गिरी चौकीदार रहँदा कैदीबन्दीलाई निर्घात कुटपिट गर्ने र शोषण गर्ने गरेको भन्दै आफन्तले कारागार अगाडि प्रदर्शन गरेका हुन् । कैदीबन्दीका आफन्तले गिरीलाई मोरङ कारागारमा ल्याउनु हँुदैन भन्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्र बुझाएका थिए ।

गिरी आउने भएपछि कारागार व्यवस्थापन कार्यालय मोरङले चौकीदार नविन राईलाई क्षेत्रीय कारागार झुम्का सोमबार पठाएको थियो । जिल्ला कारागार मोरङका निमित्त प्रमुख रामप्रसाद पोखरेलका अनुसार चौकीदार राईलाई झुम्का कारागारमा स्थानान्तरण गरिएपछि किरण गुरुङलाई चौकीदारको जिम्मेवारी दिइएको छ । गुरुङलाई दिइएको जिम्मेवारी अस्थायी हो । गुरूङ कर्तव्य ज्यान मुद्दाका प्रतिवादी हुन् ।

‘काम नरोकियोस् भन्नका लागि हत्या मुद्दामा कैद भुक्तान गरिरहेका गुरुङलाई अर्काे व्यवस्था नभएसम्मका लागि नियुक्त गरिएको हो,’ उनले भने, ‘चौकीदारको नियुक्ति एक वर्षे हुन्छ ।’ चौकीदारको नियुक्ति कारागार कार्यालय र प्रमुख जिल्ला अधिकारीको सिफारिसमा कारागार व्यवस्थापन विभागले गर्ने प्रावधान छ ।’

गिरी यसअघि मोरङमा रहँदा पनि चौकीदार नै थिए । मोरङ कारागार भित्रबाटै गुण्डागर्दी र फिरौती असुली गरेको गुनासो बढेपछि २०७४ साल चैत २३ गते विराटनगरबाट डिल्लीबजार कारागार सरुवा गरिएको थियो । तर भदौ १७ गते पुनः विराटनगर सरुवाको निर्णय भएको हो । उनीसँगै उनका सहयोगी अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका राजु श्रेष्ठ, असित सैँवु र वन मुद्दाका कैदी मनोज कार्कीलाई विराटनगर पठाउने निर्णय भएको पत्र गत भदौ तेस्रो साता विराटनगर आएको थियो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालका अनुसार गिरीलाई मोरङ पठाउने निर्णय भए पनि तत्काल कार्यान्वय हुँदैन । ‘अभिषेक गिरीलाई मोरङ स्थानान्तरण गर्ने निर्णय तत्काललाई स्थगन गरिएको छ,’ उनले भने, ‘एक महिनाअघि स्थानान्तरणको निर्णय भएको थियो ।’ तत्काल रोकिए पनि केही दिनपछि आउनसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved