सुन तस्करी प्रकरण : यी हुन् सफाइ पाउने ४८ जना

  • आश्विन २०, २०७८
  • ३७२ पटक पढिएको
  • न्यू पाटी
alt

बिराटनगर । जिल्ला अदालत मोरङले सनम शाक्य हत्या र सुन तस्करीको आरोप खेपिरेहेका ४८ जनालाई  सफाइ दिएको छ । मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित आठ जना दोषी ठहर गरेको छ । सुन तस्करी मुद्दामा गोरेसहित नेपाल प्रहरीका उच्च प्रहरी अधिकारीदेखि लगानीकर्ताले सफाइ पाएका हुन् ।


१९ वैशाख २०७५ सालमा ७७ जना विरुद्ध ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता भएको थियो । ७७ जना प्रतिवादीमध्ये पक्राउ परेका ४८ जनाले  सफाइ पाएका हुन् । 


यसरी सफाइ पाउनेमा तत्कालीन एसएसपी हालको डिआइजी दिवेश लोहनी, एसएपपीद्वय श्याम खत्री, एसपी विकासराज खनाल, डिएसपीद्वय सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल, पूर्वडिआइजी गोविन्द निरौला, प्रहरी जवान अमरबहादुर थापा मगर र प्रहरी हवल्दार विष्णुबहादुर खड्का रहेका छन् ।

विमानस्थलमा कार्यरत कर्मचारी, सुन व्यापारमा संलग्न आरके ज्वेलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य, व्यापारी विमल पोद्दार, भुजुङ गुरुङ, डेबिट भन्ने छिरिङ बाङले घले, राजेन्द्रकुमार शाक्य, गोरेको पत्नी निरु भन्ने नर्वदा खरेल उप्रेतीले पनि सफाइ पाएका छन् ।


यस्तै, चाचाजी भन्ने चेतननाथ भण्डारी, प्रमोदबहादुर श्रेष्ठ, हरिशरण खड्का, भूपालकुमार श्रेष्ठ, तक्ले भन्ने पुन्यप्रसाद तामाङ, चन्दन भनिने विरेनमान श्रेष्ठ, दोराम खत्री, बालकुमार श्रेष्ठ, हेमन्त गौतम, कपिलराज पुरी, एलबी भन्ने लालबहादुर मगर, समीरप्रसाद तोलाङ्गे, राजु महर्जन, बेनु श्रेष्ठ, सुनिल श्रेष्ठ, रोशन भुलास, रामहरि कार्की, गीता श्रेष्ठ, राजन थापा, तुलाराम थारूले सफाइ पाएको अदालतले जनाएको छ । 


मुद्दामा अमरमान डङ्गोल, मोतिराम श्रेष्ठ, विनोद अधिकारी, मदन सिलवाल, रामकुमार तिवारी, फालदुङ गुरुङ, रेवत भन्ने रेवन्तकुमार आचार्य, सञ्जय खेतान भन्ने प्रभाल अग्रवाल, आरडी भनिने राजकुमार दारुक, इन्दिराज उदिन, सलमान खान भन्ने सौचा, अकलबर साह र मालदाइ भनिने बालकुमार खड्काले सफाइ पाएको सेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिए । 

फरार २१ को मुद्दा ‘मुल्तबी’मा

सुन तस्करी मुद्दाका २१ जना प्रतिवादीको मुद्दा मुल्तबीमा राखिएको छ । अभियोग दर्ता भएकामध्ये  ५६ जना पक्राउ परेका थिए । २१ जना फरार छन् । मुद्दाको अन्ति सुनवाइ हुने क्रममा पनि उनीहरू उपस्थित नभएपछि मोरङ अदालतले २१ प्रतिवादीलाई अदालतले मुल्तबीमा राखेको हो ।

सुरेन्द्र गौतम, मोहम्मद सुस्तम मिया, युकबहादुर मगर, रोहित आचार्य, भविन भनिने भवित तामाङ, कृष्ण बस्नेत, मोहनकुमार अग्रवाल, कला भनिने सुनिलकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल र रमेश उप्रेती, कलम कार्की, मणिराज चौलागाई, शिवकुमार गुभाजु, अर्जुनप्रसाद खरेल, प्रयास पराजुली, सञ्जय अधिकारी, समीर अधिकारी, माधव आचार्य, ओम प्रकाश नेवार, आरबी भन्ने सन्दीप खड्काको मुद्दा मुल्तबीमा राखिएको छ । 

अदालतले गोरेसहित हत्याका ६ आरोपीलाई जन्मकैदको सजाय सुनाएको छ गोरेका सवारी चालक टेकराज मल्ल ठकुरी, सहयोगी लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद सजायको फैसला भएको छ ।

अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाका अनुसार राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको छ । कैद भुक्तान गरेका राजन कुमार र माधव घिमिरेसहित मुद्दाको पूर्पक्षका लागि थुनामा रहेका २१ जना मङ्गलबार नै छुटेका छन् । 

सुन मुद्दामा क्षेत्रीय कारागार झुम्कामा १६, जिल्ला कारागार विराटनगरमा १, केन्द्रीय कारागारमा द्ुई र डिल्लीबजार कारागारमा एक जना थिए । अदालतको फैसलापछि उनीहरू मङ्गलबार नै छुटेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved