विराट टेलिभिजनद्धारा प्रथम मिडिया कप फुटबल आयोजना

  • आश्विन १९, २०७८
  • ४४५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : इटहरीबाट सञ्चालित विराट टेलिभिजनले प्रथम विराट मिडिया कप फुटबल आयोजना गरेको छ । आगामी असोज २२ गतेदेखि २६ गतेसम्म इटहरी स्थित इटहरी रङ्गशालामा मिडिया कप आयोजना गरेको टेलिभिजनले मंगलबार पत्रकार सम्मेलन गदै जानकारी दिइएको हो ।

प्रदेश १ को सुनसरी, मोरङ र झापाबाट सञ्चालनमा रहेका विभिन्न सञ्चार ग्रिहहरूले खेलमा सहभागिता जनाएको आयोजक कमिटीका अध्यक्ष बिकल पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक विराट टेलिभिजन सहित ९ टिमको सहभागिता रहने छ ।

पहिलो खेलमा उद्घोष दैनिक, विराटनगर र ग्रामीण पत्रकार समुह, बराहक्षेत्र बिच हुने छ । यस्तै २३ गते दिउँसो ४ बजे हिमशिखर टेलिभिजन, दमक र सूर्योदय टेलिभिजन, बिर्तामोड, २४ गते बिहान ७ बजे नेपाल टेलिभिजन, इटहरी र मकालु टेलिभिजन, विराटनगर सोही दिन दिउँसो ४ बजे सप्तकोसी एफएम, इटहरी र दीप खबर, इटहरी बीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ । २५ गते सेमिफाइनल र २६ गते फाइनल खेल हुने आयोजक कमिटीका अध्यक्ष पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

खेलमा प्रथम र द्वितीय हुनेलाई क्रमश ३० हजार र १५ हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिने कार्यक्रम संयोजक मनोज भुजेलले जानकारी दिनुभयो । यसका साथै प्रत्येक खेलको म्याद अफ दी म्याचलाई नगद १ हजारले पुरस्कृत गरिने छ । यस्तै उत्कृष्ट गोल रक्षकलाई ३ हजार प्रदान गरिने भुजेलले जानकारी दिनुभयो । जिल्ला फुटबल संघ एन्फा सुनसरीको सहकार्यमा हुने खेल असोज २६ गते सम्पन्न हुने छ । २२ गते समुद्घाटन समारोहमा १ नम्बर प्रदेश प्रहरी कार्यालय प्रहरी प्रमुख डीआइजी अरुण कुमार विसीबाट हुने जनाइएको छ । मिडिया हाउस बिचको सम्बन्ध थप प्रगाढ बनाउनुको साथै दशैँ तिहारको शुभकामना आदान प्रदान गर्न फुटबल प्रतियोगिता आयोजना गरेको आयोजक टेलिभिजनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved