साफ च्याम्पियनसिपमा नेपाल द्वारा श्रीलङ्का पराजित, नेपालको लगातार दोस्रो जित

  • आश्विन १९, २०७८
  • ३९० पटक पढिएको
  • न्यू पाटी
alt PIC CREDIT: ANFA

काठमाडौं : माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा गए राति भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाललाई विजयी गराउन सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक एक गोल गरे ।

नेपाल लगातार दोस्रो खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको छ । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । समान खेलबाट ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ ।

प्रतियोगिताको तेस्रो खेलमा नेपालले असोज २४ गते आइतवार राति भारतसँग खेल्नेछ । ५ टोली सहभागि यस प्रतियोगितामा राउण्ड रोबिन लिगको आधारमा समुह चरणका खेलहरू भईरहेका छन् । समुहका शिर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । फाईनल खेल यही असोज ३० गते हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved