प्रथम चतरा नकआउट फुटबल प्रतियोगिताको उपाधि जे. एस. वाई. सी. लाई

  • आश्विन १८, २०७८
  • ६४४ पटक पढिएको
  • Sangeet Sigdel
alt

चतरा : बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरामा सम्पन्न प्रथम चतरा नकआउट फुटबल प्रतियोगिताको उपाधि जे. एस. वाई. सी. फुटबल क्लब सुन्दरहरैचा मोरङले जितेको छ ।

आइतबार भएको फाईनल खेलमा जे. एस. वाई. सी. फुटबल क्लबले एभरेष्ट फुटबल क्लब, बराहक्षेत्र–३ नडाहालाई टाईब्रेकरमा ४–२ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

चतरा खेलमैदानमा भएको निर्धारित ६० मिनेटको खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा एभरेष्ट फुटबल क्लबले निसान लिम्बुको गोल मार्फत अग्रता लिएको थियो । खेल सकिन ५ मिनेट बाकिँ हुँदा जे. एस. वाई. सी. का सुजन मगरले गोल गरेर खेल लाई बराबरीमा ल्याएका थिए । त्यस पछि दुबै टिमले गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

विजेता बनेको जे. एस. वाई. सी. ले ट्र्फि सहित नगद रु. ४५ हजार हात पार्यो भने उपविजेता एभरेष्ट फुटबल क्लबले नगद रु. २० हजारमा चित्त बुझायो । विजेता तथा उपविजेता खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष किशोर राईले पुरस्कृत गर्नुभएको थियो ।

हिजोको खेलका म्यान अफ द म्याच जे।एस।वाई।सी फुटबल क्लबका खेलाडी सुजन मगर घोषित भए । मगरले १ हजार नगद तथा ट्र्फि प्राप्त गरे ।

गत असोज १० गतेदेखि शुरु प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved