झापामा विषेश सुरक्षा योजना : हजारबढी प्रहरी परिचालन, तस्करी नियन्त्रणदेखि चोरी डकैती नियन्त्रणका योजना सार्वजनिक

  • आश्विन १७, २०७८
  • ३२९ पटक पढिएको
  • न्यू पाटी
alt

झापा ।  चाडपर्व नजिकिएसँगै हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय झापाले एक हजारभन्दा बढी प्रहरी परिचालन गरेको छ ।

नजिकिँदै गरेको चाडपर्वहरु दशैं, तिहार र छठ पर्वसम्मका लागि जिल्लाको शान्ति, सुरक्षा तथा सुव्यवस्थालाई प्रभावकारी बनाउन व्यापकरुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

उनले अपराधरहित चाडपर्व बनाउन प्रहरीले विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाका विभिन्न स्थानको पहिचान गरेर सोही अनुसार प्रहरी परिचालन गरिएको बताए । कोभिड–१९ बाट सृजित विषम परिस्थितिलाई समेत मध्यनजर गर्दै चाडपर्व मनाउने स्थानहरु धार्मिक स्थल, शक्तिपीठ लगायतका स्थानमा भक्तजनहरुलाई भौतिक दूरी कायम गरी सुरक्षा व्यवस्था मिलाउन तथा चाडपर्वका समयमा हुने अराजक एवम् उत्छृंखल गतिविधि नियन्त्रण, झैं–झगडा, जुवातास, चोरी, लुटपाट, भारतीय सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरण तथा बैंक र वित्तीय संस्थामा हुने आर्थिक कारोबारका स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी उपरिक्षक भट्टराईले बताए । उनले कालोबजारी नियन्त्रणका लागि समेत प्रहरी परिचालन गरिएको जानकारी दिए ।

चाडपर्वको समयमा भीडभाड हुने स्थानमा चोरी, डकैती, लुटपाटका घटना धेरै हुने भएकाले सादा पोशाकमा समेत उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको भट्टराईले बताए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जिल्लाभर एक हजार ४३ जना प्रहरी प्रत्यक्ष रुपमा फिल्डमा खटाइने छ ।

प्रहरी ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गर्दै जिल्लाका ९६ स्थानमा चेकपोइन्ट स्थापना गरी आकस्मिक चेकजाँचको व्यवस्था मिलाइएको प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिए । उनका अनुसार राजमार्गको सुरक्षा, ग्रामिण क्षेत्रको सुरक्षाका लागि विभिन्न प्रहरी युनिटबाट पैदल गस्ती चौबिसै घण्टा मोबाइल गस्तीको व्यवस्था गर्नुका साथै जिल्लाका मुख्य चार स्थानमा स्ट्राइकिङ फोर्स समेत परिचालन गरिएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

सीमानाकाबाट हुन सक्ने तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रका २५ स्थानमा तीन सय ३० जना प्रहरी परिचालन गरिने छ । काँकरभिट्टा, बिर्तामोड, दमक र भद्रपुरमा रहेका बसपार्कहरुमा यात्रुहरुलाई गन्तव्यसम्म पुग्न सहजीकरणका लागि यात्रु सहायता कक्षसँगै सञ्चालन गर्दै भाडामा हुने ठगी, लुटपाट हुने लगायतका गतिविधिलाई निरुत्साहित गर्न प्रहरीले विशेष योजना बनाएको बताइएको छ ।

कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै धार्मिक एवम् मनोरञ्जन स्थलमा हुने मानिसहरुको भीड नियन्त्रका लागि समेत प्रहरी परिचालन गर्नुका साथै स्थानीय प्रशासनको समन्वयमा बजार अनुगमनलाई समेत तीव्रता दिइने प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा आर्थिक कारोबार धेरै हुने भएकाले बैंक तथा वित्तीय क्षेत्रमा हुनसक्ने लुटपाट तथा चोरीका घटना नियन्त्रणका लागि प्रहरीले बैंक तथा वित्तीय संस्था सुनचाँदी लगायत आर्थिक कारोबार हुने स्थानमा २४ सै घण्टा प्रहरी परिचालन गर्दै त्यस्ता स्थानमा कार्यरत निजी सुरक्षा गार्डहरुलाई समेत सुरक्षा सम्बन्धी अभिमुखीकरण तालिम दिइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved