अविरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्पन्न

  • आश्विन १६, २०७८
  • ५२६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सुनसरीको इटहरीमा रहेको अविरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभाले कुवेर बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

एघारौं वार्षिक साधारणसभाले सर्वसम्मत रुपमा नयाँ कार्यसमितिको उपाध्यक्षमा डिल्लीप्रसाद भण्डारी र सचिवमा सञ्जीव घिमीरेलाई चयन गरेको हो । त्यसै गरी सदस्यहरुमा रुद्र कट्टेल, सुरेश कुमार माझी, मोहन सुवेदी, रतनकुमार साह, सुरेश सुवेदी, गोपाल तामाङ्ग, रोशनकुमार महतो, लक्ष्मी खड्का रहेका छन् । वार्षिक साधारण सभाले लेखा समिति समेत चयन गरेको छ । लेखा समितिको संयोजकत्वमा गोविन्द्र प्रसाद घिमीरे, श्याम केसी र अच्युच न्यौपानेलाई सदस्यमा चयन गरेको छ ।

बमबहादुर लिम्बुको अध्यक्षता भएको एघारौं वार्षिक साधारण सभाको खुल्ला सत्रमा विभिन्न विधामा सम्मान समेत गरिएको थियो । यसरी सम्मानीत हुनेहरुमा उत्कृष्ट नियमित वचतकर्ताको रुपमा अनिता कुमारी चौधरी, असल कारोवारी रेणुकुमारी महतो , युवा उद्यमी देवन्द्र बस्नेत, उत्कृष्ट बाल वचतकर्ता गृष्मा घिमीर,े उत्कृष्ट वचतकर्ता धनपति दहाललाई नगद तथा प्रमाण पत्रले सम्मान गरियो ।

शालिकराम ढकालको प्रमुख आतिथ्यतामा भएको वार्षिक साधारणसभामा प्रस्तुत गरिएको अध्यक्षको प्रतिवेदनमा संस्थामा ६ सय ९८ जना सेयर सदस्य रहेको तथा शेयर पुँजी एक करोड ५९ लाख ९६ हजार दुई सय रुपैया रहेको उल्लेख गरिएको छ । त्यसै गरी २ करोड ७६ लाख ६७ हजार ४ सय ५८ रुपैया निक्षेप रहेको सोही प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवश पोखरेल, संस्थाका संस्थापक अध्यक्ष विक्रम घिमीरे लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved