एक आपस बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारण सभा सम्पन्न

  • आश्विन १६, २०७८
  • ६३२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सुनसरीको इटहरीमा रहेको एक आपस बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी १७ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष दिनेश रसाईलीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख रेवती पोखरेलको प्रमुख आतिथ्यतामा एक आपस वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

वार्षिक साधारण सभा कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन लेखा तथा सुपरिवेक्षण समितिका संयोजक बोधराज निरौलाले प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमा संस्थामा ३ सय ८३ जना पुरुष सेयर सदस्य, ३ सय ३९ जना महिला र ११ संस्थागत सेयर सदस्य गरी कुल ७ सय ३३ सेयर सदस्य रहेको र संस्थाको सेयर पँुजी एक करोड ५६ लाख ९ हजार रहेको उल्लेख गरिएको छ । त्यसै गरी संस्थाले एक सय ९० जना सेयर सदस्यहरुलाई ६ करोड २९ लाख ५३ हजार ९ सय ऋण लगानी गरेको समेत प्रतिवेदनमा रहेको छ ।

सोही अवसरमा चार जना ८० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । संस्थाका सेयर सदस्यहरुका आश्रीत परिवारका ८० वर्ष पुरा गरेका सदस्यहरुलाई वार्षिक साधारण सभाको अवसर पारेर सम्मान गरिएको हो । सम्मानीत हुनेहरुमा ९४ वर्षिय पदम वहादुर भुजेल, ८७ वर्षिय राधादेवी पोखरेल, ८७ वर्षिय तिलमाया तिम्सिना र ८७ वर्षिय तिलरुपा खनाललाई कार्यक्रमका प्रमुख अतिथी लगायतले सम्मान गरेका हुन ।

त्यसै गरी एसइइ परिक्षामा उत्कृष्ट नम्बर ल्याउने सेयर सदस्यका सन्ततीहरुलाई सम्मान गर्ने कार्यक्रम अन्र्तगत जिपिए ३.८४ ल्याउने स्वरुप दंगाल र जिपिए ३.८० ल्याउने किशोर फुयाललाई पनि सम्मान गरियो । सम्मानीयतहरुलाई संस्थाले नगद सहित सम्मान गरेको थियो ।

कार्यक्रमका राष्ट्रिय खेलकुद परिषदका पुर्व अध्यक्ष केशवकुमार विष्ट, सहकारी नगर समन्वय समिति अध्यक्ष भोलाकाजी बस्नेत, टोल विकास लघुउद्यम सहकारी संस्थाका अध्यक्ष ठमनाथ लम्साल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved