चतरा : प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम तथा दोस्रो सेमिफाइनल खेलमा एभरेष्ट फुटबल क्लबले हाटखोला फुटबल क्लबलाई ५- २ ले हराउँदै फाइनलको यात्रा तय गरेको छ।
खेलको सुरुवाती ३ मिनेटमा हाटखोला फुटबल क्लबका खेलाडी बर्तमान राईले गोल गरेर क्लबलाई अग्रता दिलाएका थिए तर एभरेष्ट फुटबल क्लबका खेलाडी निसान लिम्बूको ह्याट्रिक र अन्य खेलाडि सन्जय श्रेष्ठ र युबराज श्रेष्ठले १-१ गोल गरेर हाटखोला फुटबल क्लब माथि ५-२ को सहज जित निकाल्न सफल भए । हाटखोला फुटबल क्लबका दिपेश तामाङले दोस्रो गोल गरेता पनि टिमको हार जोगाउन असफल भए।
आजको खेलका म्यान अफ द म्याच ह्याट्रिक हिरो निसान लिम्बू घोषित भएका थिए। लिम्बुलाई खेल प्रेमि तथा आयोजक समितिका उपाध्यक्ष सकर राईले नगद रु १ हजार रुपैयाँ तथा ट्रफि प्रदान गरेका थिए।
यही असोज १७ गते हुने फाइनल खेलको बिजेताले नगद रु ४५ हजार तथा ट्रफी त्यस्तै दोस्रो हुने टिमले नगद र २० हजार तथा ट्रफी प्राप्त गर्ने छन् । प्रथम ट्रफी मनोज साह तथा दोस्रो ट्रफी मनोज रामले सौजन्य गरेका हुन।
भोलिको मैत्रिपुर्ण खेल एभरेष्ट महिला फुटबल क्लब तथा बेलका महिला फुटबल क्लब बिच दिउँसो ३ वजे हुने साथै आयोजक टिम तथा बराहक्षेत्रका पुर्व खेलाडीहरु विच मैत्रिपुर्ण खेल पनि भोलि नै हुने कुरा स्थानीय राष्ट्रिय फुटबल खेलाडी रोशन श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved