जे. एस. वाई. सि. फुटबल क्लब फाइनलमा

  • आश्विन १४, २०७८
  • ८६० पटक पढिएको
  • हिमाल राई
alt

चतरा : प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा जे. एस. वाई. सि. फुटबल क्लबले ग्रिन कल्चर फुटबल क्लबलाई ४-१ ले हराउँदै फाइनलको यात्रा तय गरेको छ।

खेलको सुरुवात भएको १० औं मिनेटमा ग्रिन कल्चर फुटबल क्लबका जर्सी नं १० का खेलाडी एलन राईले १ गोल गरेर क्लबलाई अग्रता दिलाएका थिए। तर जे. एस. वाई. सि. का सुसन मगरले १७ औं मिनेटमा गोल गरेर टिमलाई बराबरीमा पुराएका थिए।

पुनः सुसन मगरले दोस्रो गोल गरेर टिमलाई २-१ को अग्रता दिलाएका थिए । जे. एस. वाई. सि. कै अर्का खेलाडी सुसन बस्नेतले २ गोल गरी‌ क्लबको जित सुनिस्चित गरेका थिए।

242709805_630706701539681_560985524693490581_n

आजको खेलका म्यान अफ द म्याच सुसन मगर घोषित भएका थिए। मगरलाई खेल प्रेमि तथा आयोजक क्लबका कोषाध्यक्ष प्रियंका चाम्लिङ राईले नगद रु १ हजार रुपैयाँ तथा ट्रफि प्रदान गरेकि थिइन्।

फाइनल खेल यही १७ गते हुने कुरा आयोजक समितिका सचिव दिनेश राईले जानकारी दिदै भने प्रथम ट्रफी मनोज साह तथा दोस्रो ट्रफी मनोज रामले सौजन्य गरेका हुन।

भोलि हुने दोस्रो सेमिफाइनल खेल हाटखोला फुटबल क्लब तथा एभरेष्ट फुटबल क्लब बिच दिउँसो ३ बजे हुने कुरा स्थानीय राष्ट्रिय फुटबल खेलाडी रोशन श्रेष्ठले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved