इटहरी फुटबल क्लबलाई हराउँदै एभरेष्ट फुटबल क्लब प्रथम चतरा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा

  • आश्विन १३, २०७८
  • ७८३ पटक पढिएको
  • हिमाल राई
alt

चतरा : बराहक्षेत्र वडा नं १ चतरामा जारी प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम क्वाटरफाईनल खेलमा एभरेष्ट फुटबल क्लबले इटहरी फुटबल क्लबलाई ३-० ले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

खेलको सुरुवाती १३ मिनेटमा एभरेष्ट फुटबल क्लबका खेलाडी सन्जय श्रेष्ठले गोल गरेर क्लबलाई अग्रता दिलाएका थिए। मध्यान्तर पछि अनिस लिम्बूले गोल गरेर क्लबलाई २-० को स्थितिमा पुराएका थिए । पुन: युवराज श्रेष्ठले १ गोल गरेर एभरेष्ट फुटबल क्लबको जित सुनिस्चित गरेका थिए।

man of the match

आजको खेलका म्यान अफ द म्याच सन्जय श्रेष्ठ घोषित भए । श्रेष्ठलाई खेल प्रेमि तथा युवा व्यवसायी सुरेन श्रेष्ठले नगद रु १ हजार रुपैयाँ तथा ट्रफी प्रदान गरेका थिए।

भोलि कल्चर ग्रिन फुटबल क्लब, चक्रधटी तथा जे. एस. वाई. सि. फुटबल क्लब, सुन्दर हरैचा, मोरङ्ग बिचको पहिलो सेमिफाइनल खेल दिउँसो ३ वजे बाट हुने कुरा स्थानीय राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved