सेवाप्रवाह जनमैत्री बनाउँछु : प्रजिअ दाहाल

  • आश्विन १२, २०७८
  • ३४३ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सरकारी कार्यालयको सेवाप्रभाह जनमैत्री बनाएर अगाडी बढाउने प्रतिवद्धता जनाएका छन् । एक हप्ताअगाडि सरूवा भएर मोरङको प्रमुख जिल्ला अधिकारीको कार्यभार समालेपछि उनले सोमबार संचारकर्मीहरूसँग परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले मातहतमा रहेको कार्यालयहरूबाट सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रवाहमा विशेष जोड दिँदै जनमैत्री सेवा प्रदान गराउन लागि पर्ने बताए । उनले जिल्लामा शान्ति सुरक्षा कायम गराउँदै विकास निर्माणमा समन्वयकारी भूमिका खेल्ने बताए । दाहालले नयाँ संघीय संरचनामा कर्मचारी व्यवस्थापन पनि अर्को समस्या भएको बताए ।

सरकारी कार्यालयबाट हुने सेवालाई प्रभावकारी बाउन आफुले सक्दो पहल गरेर अगाडि बढ्ने बताए । उनले ऐन कानुन प्रभावकारी कार्यान्वयनको लागि पहल गर्ने र बजारमा नियमन बढाउने बताए । खुल्ला सीमाको फाइदा उठाउँदै हुने चोरी, तस्करी पनि पूर्ण रुपमा रोकथाम र नियन्त्रणमा लागि पर्ने उनको भनाइ छ ।

‘मोरङमा ६३ किलोमिटर क्षेत्रमा खुल्ला सीमा क्षेत्र रहेको छ । सीमाक्षेत्रदेखि चोरी तस्करी र अपराधमा नियन्त्रणमा पनि ध्यान केन्द्रीत गर्नेछु,’ उनले भने ।’ प्रमुख जिल्ला अधिकारी दाहालले सरोकारवाला पक्षसँगको पहलमा कोभिड १९ न्यूनीकरणका लागि भइरहेको कामलाई पनि निरन्तरता दिएर अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved