सिनेमा हल खुले, चलचित्र छैनन

  • आश्विन १२, २०७८
  • ५६० पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी ।  कोरोनाका कारण ठूलो मार खेपिरहेको चलचित्र क्षेत्र अझै सुचारु हुन सकेको छैन ।कोरोना संक्रमण कम हुँदै गएपछि सरकारले केही समय अगाडि नै सिनेमा हल खोल्ने अनुमति दिए पनि विभिन्न जिल्लामा निषेधाज्ञा कायमै रहेको र पूर्ण रुपमा सञ्चालन गर्न नपाएको कारण सिनेमा हल खुल्न नसकेको हल सञ्चालकहरू बताउँछन् ।


कोरोना सङ्क्रमणको दर कम भएसँगै लामो समयदेखि बन्द रहेका यातायात, उद्योग कलकारखाना, पर्यटन व्यवसाय, विद्यालय लगायतका सबै क्षेत्र बिस्तारै चलायमान हुन थालेका छन् । तर, कोरोनाकै कारण ठूलो मार खेपिरहेको चलचित्र क्षेत्र भने फिल्म अभावका कारण सञ्चालन हुन सकेको छैन । सरकारले फिल्म हलहरू खोल्ने अनुमति दिएको भए पनि खोलिसकेपछि खर्च धेरै हुने र सीमित दर्शक भए पनि हल खोल्नै पर्ने बाध्यता हुने भएकाले राम्रो फिल्म नपाउँदासम्म हल बन्द गरिरहनुपर्ने अवस्था आएको क्यु एफ एक्स सिनेमा हलहरूको म्यानेजमेन्ट कम्पनी टिम क्वेष्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगा बताउँछन् ।

गत वर्ष पनि लकडाउनपछि फिल्म हलहरू खोल्दा पर्याप्त दर्शक हलसम्म नआएकै कारण आम्दानीभन्दा खर्च बढी भएको अनुभव सुनाउँदै यसपटक भने उत्कृष्ट फिल्म नपाउँदासम्म हल खोल्ने योजनामा आफूहरू नरहेको प्रमुख कार्यकारी अधिकृत अडिगाले बताए । लामो समयदेखि बन्द रहेको फिल्म हल खोल्दा कोरोना सङ्क्रमणको भएका कारण दर्शक जाने हुन् वा होइनन् भन्ने द्विविधा एकातिर छ भने रिलिजको सुरुवात कस्तो फिल्मबाट गर्ने भन्ने विषयमा चलचित्र सङ्घले ठोस निर्णय गर्न नसक्दा हल खोलेर फिल्म रिलिज कहिले गर्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन ।

फिल्म निर्माण गर्दा ठूलो लगानी गरेका निर्माताहरुलाई लामो समयदेखि बन्द रहेका हलहरूमा शुरुमा नै आफ्नो फिल्म प्रदर्शन गर्दा चल्ने हो कि होइन र हलसम्म दर्शकहरू नआउने पो हुन् कि भन्ने डर एकातिर छ भने अर्कातिर फिल्म नै उपलब्ध नभएका कारण फिल्म हल खुलाउन समस्या देखिएको चलचित्र संघका महासचिव अशोक शर्माको भनाइ छ । सरकारले फिल्म हल खोल्न अनुमति दिएको भए पनि देशका विभिन्न जिल्लामा अझै पनि निषेधाज्ञा कायमै रहेकाले काठमाडौँ उपत्यकासहित देशैभर एकै पटक हल खोल्न पाउनुपर्ने माग व्यवसायीहरुको रहेको छ ।

फिल्म हल सञ्चालनका लागि आवश्यक मात्रामा फिल्महरू नभएको कारण पनि खुल्न नसकेको भन्दै यसका लागि चलचित्र सङ्घ, निर्माता सङ्घ , हल सञ्चालक लगायतका सम्बन्धित सबै पक्षसँग छलफल चलिरहेकाले अब छिटै चलचित्र क्षेत्र सुचारु हुने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved