प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता : हाटखोला फुटबल क्लब द्वारा राजावास फुटबल क्लब पराजित

  • आश्विन ११, २०७८
  • ९०४ पटक पढिएको
  • हिमाल राई
alt

चतरा : बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरामा असोज १० गतेबाट सन्चालनमा आएको प्रथम चतरा नकआउट फुटबल प्रतियोगिताको आज भएको दोस्रो खेलमा हाटखोला फुटबल क्लबले राजावास फुटबल क्लब माथि २-१ को जित हासिल गरेको छ।

हाटखोला फुटबल क्लबका खेलाडी राउल राई ले पहिलो गोल गरेर अग्रता दिलाएका थिए। मध्यान्तर अगाडि राजावास फुटबल क्लबका विमल राईले  गोल गरेर टिमलाई १-१ को बरावरीमा पुराएका थिए।

मध्यान्तर पछि हाटखोला फुटबल क्लबका खेलाडी दिपेश तामाङले १ गोल गरी टिमलाई २-१ ले अग्रता दिलाएका थिए। निर्धारित ८० मिनेटको खेलमा राजावास फुटबल क्लबले गोल गर्ने मौका पाएता पनि पोष्टमा गोल गर्न नसक्नु नै हारको कारण भएको थियो।

newpati2

आजको म्यान अफ द म्याच हाट खोला क्लबका खेलाडी दिपेश तामाङ भएका थिए। तामाङलाई ईलाका प्रहरी कार्यालय चतराका असइ नइन्द्र कार्कीले १ हजार नगद तथा ट्रफी प्रदान गरेका थिए।

फाइनल खेल यही १७ गते हुने कुरा स्थानीय राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठ जानकारी गराएका छन्। मोरङ,उदयपुर र सुनसरी जिल्लाका गरि जम्मा ८ वटा कल्बहरु सहभागी जनाएका छन। भोलिको खेल पञ्चकन्या फुटबल क्लब वेलाका ८ उदयपुर तथा जे.एस.आइ.सि सुन्दर हरैंचा मोरङ बिच दिउँसो को ३ बजे देखि हुने छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved