यसकारण हुन्छ कलेजोमा क्यान्सर, यस्ता हुन्छन् लक्षण

  • मंसिर १३, २०७६
  • ११९ पटक पढिएको
  • न्यू पाटी
alt

कलेजो शरीरको सबैभन्दा ठूलो अंग हो। यसले ग्लुकोज उत्पादन र भण्डारण, पित्त उत्पादन, रगत जम्ने तत्व र कोलेस्ट्रोल उत्पादन गर्छ।

पछिल्लो समय नेपालमा कलेजो क्यान्सरका बिरामी बढ्दो क्रममा छन्।

अत्यधिक मदिरा सेवनले नै कलेजो क्यान्सरको मुख्य कारण बन्ने गरेको जानकारी आजको नयाँ पत्रिका दैनिकमा वीर अस्पतालका पेट तथा कलेजोगोग विशेषज्ञ डा भूपेन्द्रकुमार बस्नेतले लेखेका छन्।

क्यान्सरको कारण मृत्यु हुनेमध्ये कलेजोको क्यान्सर पाँचौँ स्थानमा पर्छ। कलेजोको क्यान्सकार विभिन्न प्रकारमध्ये ‘हेपाटोसेल्युलर कार्सिनोमा’ मुख्य हो।

हेपाटाइटिस बी कलेजो क्यान्सरको मुख्य कारण हो। ५० प्रतिशतभन्दा बढी क्यान्सरको कारक हेपाटाइटिस बीलाई मानिन्छ।

खानेकुरामा पाइने एक किसिमको टक्सिनले कलेजोमा समस्या ल्याउँछ।लिभर सिरोसिस अर्थात् कलेजोमा आउने कडापनबाट पनि क्यान्सरको सम्भावना हुन्छ। अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिमा सिरोसिस हुने गर्छ।

कसरी गर्ने उपचार?


क्यान्सरको स्टेजको आधारमा यसको उपचारमा विभिन्न पद्दती अपनाइन्छ।सुरुको स्टेजमै कलेजोको क्यान्सर पत्ता लागेमा औषधि प्रयोग गर्न सकिन्छ। प्रभावित भागलाई निकालेर पनि यसको उपचार गरिन्छ।क्यान्सर एड्भान्स स्टेजमा पुगिसकेको खण्डमा किमोथेरापी गरिन्छ। कलेजो पूरै बिग्रेको खण्डमा प्रत्यारोपण विधि अपनाइन्छ।

कसरी थाहा पाउने?


क्यान्सर भएमा कलेजो सुन्निने वा दुख्ने हुन्छ। पेटको माथिल्लो भाग दुख्ने, जिउमा असजिलो महसुस हुने र वान्ता हुने जस्ता लक्षण देखिन्छन्।

तौल असामान्य रुपमा घट्छ। कमजोरी वा थकान महसुस हुन्छ।लिभर सिरोसिस र हेपाटाइटिसका बिरामीमा क्यान्सर हुने सम्भावना बढी हुने भएकाले यस्ता लक्षण देखिन्छन्। खान मन नलाग्ने, छाला पहेँलो हुने र बिस्तारै दुब्लाउँदै जाने समस्या देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved