एभरेष्ट प्रिमियर लिग : काठमाडौँ किंग्सको विजयी सुरुवात, ललितपुर पेट्रियट्स ७ विकेटले पराजित

  • आश्विन १०, २०७८
  • ५०५ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : शनिबारबाट सुरु भएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा काठमाडौँ किंग्सले विजयी सुरुवात गरेको छ । काठमाडौँ किंग्सले ललितपुर पेट्रियट्सलाई ७ विकेटले पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । पहिलो बलमै कप्तान कुशल भुर्तेललाई शून्य रनमा गुमाएको ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए भने रायन ब्रुल र गुलशन झाले २-२ विकेट लिए ।

१ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंका लागि दुई विदेशी खेलाडी रायन ब्रुल र रहमान उल्लाह गुर्बाजले अर्धशतकीय इनिङ्स खेले । रायनले अविजित रहदै ३४ बलमा ३ चौका र ७ छक्का को मद्धतले ७३ रन बनाए भने गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्का सहित ५९ रन बनाए ।

खेलको म्यान अफ द म्याच काठमाडौँ किंग्सका रायन ब्रुल घोषित भए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved