चतरामा प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता सन्चालन हुने, ८ वटा क्लबहरुले सहभागीता जनाउने

  • आश्विन ९, २०७८
  • ४८४ पटक पढिएको
  • हिमाल राई
alt

चतरा : बराहक्षेत्र नगर पालिका वडा नं १ चतरामा प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता सन्चालन हुने भएको छ।

असोज १० गते देखि सन्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक चतरा फुटबल क्लब तथा ग्रीन कल्चर फुटबल क्लब चक्रघट्टिका बिच प्रतिस्पर्दा हुनेछ।

चतरा फुटबल क्लबका सचिव दिनेश राईका अनुसार मोरङ, उदयपुर र सुनसरी जिल्लाका गरि जम्मा ८ वटा क्लबहरुले सहभागीता जनाउने कुरा वताउदै थपे आयोजक चतरा, ग्रिन कल्चर, पञ्च कन्या फुटबल क्लब बेलका, जे.एस.वाई.सी. मोरङ्ग, हाटखोला फुटबल क्लव,राजावास फुटवल क्लब, इटहरी फुटबल क्लव, एभरेस्ट फुटवल क्लबले सहभागी जनाउने भएका छन।

फाइनल प्रतिस्पर्धा यही १७ गते हुने तथा प्रथम पुरस्कार ४५ हजार तथा ट्रफी, दोस्रो पुरस्कार २० हजार नगद तथा ट्रफी प्रदान गरीने तथा नौ साइजमा हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाईस्कोरर, डिफेन्स तथा गोल किपर लगायत विभित बिधामा नगद पुरस्कार खेलाडीहरुलाई प्रदान गरिने कुरा सचिव दिनेश राईले जानकारी गराए।

प्रतियोगिता अनुमानित खर्च करिब २ लाख लाग्न सक्ने बताए जसमा स्थानीय व्यक्ति‌ तथा देश, विदेशमा रहेका शुभचिन्तक व्यक्ति‌हरुले सो इच्छाले आर्थिक सहयोग गरिरहेका चतरा फुटबल क्लबका अध्यक्ष राज कुमार राईले जानकारी गराए।

प्रतियोगिता सम्पन्न भएर बचेको रकमबाट पाँच. आर. डि. नहर पारी मा रहेको खाली जमिनलाई खेलमैदानको रुपमा विकास गर्दै लगिने कुरा जानकारी गराए। सप्तकोशी नदी नयाँ पुल होटल यलाखोमू मा आयोजक चतरा फूटबल क्लब का अध्यक्ष राज कुमार राईको अध्यक्षतामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved