भोजपुरको ऐतिहासिक च्याङ्ग्रे पोखरीको पुनः निर्माण सुरु

  • आश्विन ८, २०७८
  • ३९० पटक पढिएको
  • न्यू पाटी
alt

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रे बजारमा रहेको ऐतिहासिक पोखरी छ, जसलाई च्याङ्ग्रे पोखरीको नामले समेत चिनिने गरिन्छ । ऐतिहासिक पोखरीको संरक्षणमा अहिले गाउँपालिका जुटेको छ । 

सोहीअनुसार अहिले पोखरी र डिलमा रहेको पञ्चकान्या मन्दिरको पुनः निर्माण कार्य सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागतमा पोखरी र मन्दिरको पुनः निर्माण तथा ब्यवस्थापन कार्य सुरु गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

‘भोजपुरको पौवादुङमा गाउँपालिकाले पालिकालाई पर्यटक प्रवर्द्धन गर्ने केन्द्रका रूपमा विकास गर्न विभिन्न संरचनाहरूको डिपिआर गरेर कार्य अगाडि बढाएको छ, सोही अनुसार पोखरी र मन्दिरको पनि पुनः निर्माण कार्य थालिएको हो,’ अध्यक्ष राईले भने ।  

गाउँपालिकाले पहिचानको रूपमा रहेको च्याङ्ग्र्रे पोखरीको बृहत्तर विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यको साथ डिपिआर तयार गरेको थियो । सोहीअनुसार अहिले करिब तीन करोडको लागतमा पुन.निर्माण कार्य थालिएको गाउँपालिकाले जनाएको छ । 

पोखरीको क्षेत्रफलको विस्तार गर्दै पोखरी परिसरमा पञ्चकन्या मन्दिरको निर्माण गर्ने, ढलको व्यवस्था गर्ने, बगैँचा निर्माण गर्ने, पानीको उचित व्यवस्थापन तथा सरसफाइसँगै घेराबारा लगाउनेलगायतका काम गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले थालेका योजनाहरू पुरा गर्न आफू लागिपरेको अध्यक्ष राई बताउँछन् । अध्यक्ष राईले भने, ‘हामीले निर्माण गर्ने योजनामा राखेका पर्यटकीय, धार्मिक, ऐतिहासिक क्षेत्रको विकासका लागि योजनावद्ध रूपमा काम अगाडि बढाएको छौँ, हाम्रो योजनामा रहेका सबै क्षेत्रको विकासमा गाउँपालिकामा आएको बजेटले नपुग्ने भएकोले प्रदेश सरकार तथा केन्द्र सरकारसँग विस्तृत परियोजना प्रतिवेदन देखाएर रकमको माग गरिरहेका छौँ ।

‘च्याङ्ग्रे पोखरी ऐतिहासिक र धार्मिक क्षेत्र रहेकोले संरक्षणमा लागेका छौँ’ उनले थपे, ‘संस्कृति तथा पर्यटन मन्त्रालयसँग सहकार्य गरेर विकास गर्दै यसलाई सम्पदाको सूचीमा राख्ने हाम्रो लक्ष्य छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved