प्रेमी लगाएर श्रीमानको हत्या, समूहबाट ऋण काढेर खर्चिइन् ६० हजार

  • आश्विन ५, २०७८
  • ३८० पटक पढिएको
  • न्यू पाटी
alt

सिरहा । सिरहा गोलबजार नगरपालिका–४ निपनिया कुटी टोलकी हरिहरदेवी महराले प्रेमीलाई ऋण काढेर ६० हजार रुपैयाँ दिएर आफ्नै श्रीमान दुखरन मोचीको हत्या गराएको खुलासा भएको छ । गत भदौ १८ गते निपनियाका ३९ वर्षीय मोचीको शव भारतको बिहार राज्य जयनगरस्थित वरही गाउँको नहरमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा भेटिएको थियो ।

उक्त हत्या नीजकै श्रीमती ३८ वर्षीया हरिहरदेवीको योजनामा भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको हो । हत्या आरोपमा हरिहरदेवीलाई घरबाटै प्रहरीले आइतबार पक्राउ गरी सोमबार साँझ सार्वजनिक गरेको छ । भारतीय प्रहरीले नेपाल प्रहरीलाई घटनास्थलको सम्पूर्ण विवरण पठाएको थियो ।

घटनामा संलग्नमध्येका हरिहरदेवीको प्रेमी २६ वर्षीय मुकेश यादवलाई भारतीय प्रहरीले पक्राउ गरी भारतकै जयनगर थानाबाट थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले बताए । पक्राउ परेका आरोपित यादव भारतको जिल्ला मधुबनी देउधा गाउँका हुन् ।
हत्याको कारण अवैध प्रेम सम्बन्ध र घरेलु हिंसा

हत्याको कारणमा अवैध प्रेम सम्बन्ध र घरेलु हिंसा रहेको प्रहरीको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । मृतक मोचीको श्रीमती र ४ छोराछोरी छन् । उनी १० वर्ष पहिला वैदेशिक रोजगारीको सिलसिलामा कतारबाट फर्केर गाउँमा फर्निचर र किराना पसल सञ्चालन गरेर बस्दै आएका थिए ।
मृतक मोचीले विदेशमा रहँदा कमाएर घरमा पठाएको रुपैयाँको हिसाब श्रीमतीसँग बारम्बार मागे । खर्चको हिसाब माग्दा खटपट हुँदा मापसे गरेर आफूलाई मृतक मोचीले पटक–पटक कुटपिट गर्दै आइरहेको प्रहरीलाई हरिहरदेवीले सुनाएकी छिन् । झगडा हुँदा घरमा रहेको किराना पसलको सामान फालिदिने, पैसा चोरी गर्ने तथा पसलमा आगो समेत लगाई दिने मृतक मोचीले गर्दै आइरहेको हरिहरदेवीले प्रहरीलाई बताएकी छन् ।

प्रहरीका अनुसार श्रीमानले दिँदै आएको बारम्बारको यातनाको कारण उनी दुई पटक आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । तर, छोराछोरीको भविष्य सम्झेर आत्महत्या नगरेको हरिहरदेवीको भनाई छ । आफु मर्नुभन्दा श्रीमानलाई नै मारेर समस्या समाधान हुने सोच बनाइन् ।
यसरी बनाइन् योजना
दुई वर्ष अगाडि हरिहरदेवी पाठेघरको अप्रेसन गराउन श्रीमानसँगै भारतीय बजार जयनगर पुगिन् । त्यहाँ उनको उपचारको क्रममा अस्पतालमा बस्दा भारतीय नागरिक एम्बुलेन्स चालक मुकेश यादवसँग चिनजान भयो । चिनजानपछि उनीहरुको सम्बन्ध प्रेममा परिणत भयो ।

श्रीमानले कुटपिट गरिरहेको र दुःख दिने गरेको कुरा हरिहरदेवीले प्रेमी मुकेशलाई सुनाइन् । प्रेमीलाई आफ्नो श्रीमानलाई हत्या गरिदिनु पर्‍यो भनेर हरिहरदेवीले आग्रह गरिन् । त्यसबापत मुकेशले एक लाख भारतीय रुपैयाँ सुपारीको रुपमा माग गरे । हरिहरदेवीले एक लाख रुपैयाँ नभई ४०-५० हजार दिने कबोल गरिन् ।

हत्या गराउन आवश्यक रकम व्यवस्थापन गर्नको लागि हरिहरदेवीले घर खर्चको अभाव भयो ऋण निकाल्नुप¥यो भनेर श्रीमानसँग सल्लाह गरिन् । भदौ १७ गते गोलबजारस्थित छिमेक लघुवित्तबाट ६० हजार ऋण निकालिन् । ऋण निकालिसकेपछि हरिहरदेवीले बिरामी भएको र उपचारको लागि भारतीय बजार जयनगर जाउ भनेर श्रीमानलाई फकाइन् ।

अवैध प्रेम सम्बन्ध तथा घरेलु हिंसा, उपचार क्रममा भारतीय बजार पुग्दा एम्बुलेन्स चालकसँग प्रेम गरिन्, पछि त्यही प्रेमीबाट श्रीमानलाई हत्या गराएको खुलेको छ । सीमावर्ती बजार माडर पुगेर उनी प्रेमी मुकेशलाई फोनमा आफूहरु आइरहेको जानकारी गराइन् । हत्या योजना मुताबिक चाहिने रकम दुखरनको खल्तीमा रहेको उनले बताइन् । हत्यापछि त्यही रुपैयाँ लिन भनेर उनले सुनाएकी थिइन् ।

करिब साँझ ६ बजे भारतीय बजार जयनगर रेल्बे स्टेशनमा पुगेर श्रीमान–श्रीमती चिया, खाजा खान बसे । त्यहाँ हरिहरदेवीको प्रेमी मुकेश यादव २ जना अन्य साथीहरुसँग आए । मुकेश अन्यत्र ठाउँमा खाजा खान जाउ भन्दै दुखरनलाई बुलेट बाइकमा लगेका थिए । त्यसपछि दुखरनको घाँटी काटेको अवस्थामा शव फेला पर्‍यो । प्रहरीका अनुसार मुकेशले आफ्ना दुई साथी लगाएर हत्या गरी मृतकको साथमा रहेको ६० हजार नगद पनि लगेको देखिएको छ । भारतमा दुखरनको हत्या भएको सुनाउन हरिहरदेवी गाउँ शव भेटेकै दिन आइन् । त्यसपछि प्रहरीले अनुसन्धान गर्दा संलग्नता देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved