कञ्चनपुरमा भारतीय तस्कर समूहबाट सशस्त्रको गस्ती टोलीमाथि आक्रमण, तीन जना घाइते

  • आश्विन ५, २०७८
  • ३४२ पटक पढिएको
  • न्यू पाटी
alt

कञ्चनपुर । कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार साँझ करिब ८ बजेकाे समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन् ।

‘हामीहरु गस्तीको क्रममा दोधारचाँदनी नगरपालिका–८ मा थियौं । त्यही क्रममा एक जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चिनीको बोरा लिएर आइरहेको थिए’, आक्रमणमा परेका सुदीप सुनारले भने, ‘हामीले ओसारपसार गरिरहेको अवैध चिनी नियन्त्रणमा लिन खोज्दा ८-९ जनाको समूह नै आएर कुटपिट गरे ।’

आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

नेपालतर्फ विभिन्न समान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट हुँदा एक्कासी उनीहरुले ढुङ्गामुढा गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरले जानकारी दिएका छन् ।

तस्करको समूहलाई नियन्त्रणमा लिने प्रयास गरे पनि ३०÷४० मिटर नजिकै भारतीय भूमि भएकाले उनीहरु भाग्न सफल भएको एसपी ऐरले बताए । ‘हामीले नियन्त्रणमा लिने कोशिस गर्दा उनीहरु भागेर भारतीय भूमिमै प्रवेश गरेपछि एसएसबी र भारतीय प्रहरीलाई जानकारी गराएका थियौं,’ ऐरले सुनाए, ‘तत्कालै एसएसबी र भारतीय प्रहरी घटनास्थल पुगेको थियो । उहाँहरुले हामी उक्त समूहको पहिचान गरेर कारवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।’

उनका अनुसार भारतीय तस्करको समूहको पहिचान भइसकेको छ र मंगलबार तस्करको समूहलाई नियन्त्रणमा लिएर कानून बमोजिम कारवाही गर्ने आश्वासन भारतीय पक्षले दिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा बेलाबखत गस्तीमा खटिएका सुरक्षाकर्मीमाथि तस्करको समूहबाट आक्रमण हुँदै आएको छ । पर्याप्त पूर्वतयारीको अभाव र दुवै देशका सुरक्षा अधिकारीबीचको कमजोर समन्वयका कारण यस्ता घटना दोहोरिदै गएको अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved