संखुवासभा हत्या प्रकरण : थप चार जनाकाे संलग्नता देखिएकाे प्रहरीकाे दाबी

  • आश्विन ४, २०७८
  • ४२० पटक पढिएको
  • न्यू पाटी
alt

संखुवासभा / संखुवासभाको मादी नगरपालिका १ मा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्दैछ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले पक्राउ परेका थप चार जनालाई आज सार्वजनिक गरिने बताए ।

प्रहरीले लोकबहादुर कार्की बाहेक ६ जनालाई पक्राउ गरेको थियो । ती मध्ये चार जनालाई सार्वजनिक गर्ने तयरी गरेपनि नाम सार्वजनिक गरेको छैन ।

प्रहरी स्रोतका अनुसार लोकबहादुरका भाई नरेश, बुबा रणबहादुर, छिमेकी खड्गबहादुर कार्की र उनका दुई छोरा र श्रीमतीलाई नियन्त्रणमा लिएको थियो । ती मध्ये चार जनालाई सार्वजनिक गर्ने तयारी गरेकाे छ । ‘अनुसन्धान गर्दा थपको संलग्नता देखिएको छ,’ डिएसपी सुवेदीले भने,‘ आजै सार्वजनिक गर्दैछौं ।’ 

मृतक रञ्जनाको मोबाइल लोकबहादुरको भाईको साथबाट फेला परेपछि थप व्यक्ती पक्राउ परेका हुन् । यस अघि प्रहरीले लोकबहादुरले मात्रै हत्या गरेको भन्दै  उनलाई सार्वजनिक गरेको थियो ।

गत भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीसहित उनकी आमा ८४ वर्षीया पार्वती कार्की, ५४ बर्षीया श्रीमती मनमाया कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, ८ वर्षीय  नाति दिपेन कार्की, ५ बर्षीया नातिनि गोमा कार्कीको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved