फेरि घटनास्थल पुगे अनुसन्धानकर्ता, थप चार जना नियन्त्रणमा, प्रहरी अनुसन्धान नै शङ्काको घेरामा

  • आश्विन ३, २०७८
  • ४१८ पटक पढिएको
  • न्यू पाटी
alt

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको एकै परिवारका ६ जनाको बीभत्स हत्या प्रकरण थप पेचिलो बनेको छ । घटनाको थप अनुसन्धानका लागि अनुसन्धानकर्ता प्रहरीको टोली पुनः घटनास्थल पुगेको छ । सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा ६ जनाको टोली घटनास्थल पुगेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए । 

सङ्खुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी पनि घटनास्थल पुगेका छन् । घटना भएदेखि नै घटनास्थलमा खटिएर अनुसन्धान गर्दै हत्यामा संलग्न लोकबहादुरलाई कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेपछि टोली फिर्ता भएको थियो । अनुसन्धानको नेतृत्व लिन प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी आफैँ घटनास्थल पुगेका थिए । 

तर पछिल्लो समय तथ्य र प्रमाणका आधारमा घटनाको धेरै कुरा खुल्न थालेपछि अनुसन्धानकर्ता प्रहरी घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरेका हुन् । घटना अनुसन्धानमा प्रहरीको पनि कमजोरी देखिएको छ । गाउँमा भएको यति ठूलो नरहसंहारलाई टुङ्गोमा नपुर्‍याई फर्किनु र पुनः घटनास्थल जानुपर्ने अवस्था आएपछि प्रहरीको अनुसन्धान पनि शङ्काको घेरामा परेको हो । 

कहालीलाग्दो घटना एक जनाले मात्रै गराएको कुरा प्रहरीले बाहिर ल्याउँदा जनमानसले विश्वास गरेका थिएनन् । घटनामा एक जनाको मात्रै संलग्नता हुननसक्ने स्थानीयको भनाइ छ । तर लोकबहादुरले मात्रै हत्या गरेको दाबी प्रहरीले गरिरहँदा घटनाले नयाँ मोड लिएपछि प्रहरीको अनुसन्धानमाथि नै छानबिन हुनुपर्ने आवाज उठ्न थालेको छ । 

घटनास्थल पुगेको टोलीले हत्या गरिएका तेजबहादुर कार्कीका चार जना छिमेकीहरुलाई शनिबार राति नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूलाई इलाका प्रहरी कार्यालय चैनपुर पुर्‍याएको बताइएको छ । 

चार जनालाई सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पुष्टि एसपी राईले गरेका छन् । नियन्त्रणमा लिइएकाहरूको घटनामा संलग्नता हो या हैन भन्ने यकिन हुन बाँकी रहेको प्रहरी स्रोतले बतायो । 

६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेशलाई यसअघि नै प्रहरीले नियन्त्रणमा लिइसकेको छ । तर सार्वजनिक भने गरेको छैन । उल्टै प्रहरीले विज्ञप्ति जारी गरेर पक्राउ नगरिएको दाबी गरेको छ । अदालतबाट पक्राउ पूर्जी जारी नगरी नियन्त्रणमा लिइएका कारण उनका बारेमा प्रहरीले बताउन नचाहेको हुनसक्ने आशङ्का गरिएको छ । 

हत्या गरिएकीमध्ये रञ्जना कार्कीको मोबाइल लुकाएर राखेको पाइएपछि लोकबहादुरका भाइ नरेशलाई प्रहरीले नियन्त्रणमा लिएर छानबिन एवम् सोधपुछ गरिरहेको हो । नरेशलाई नियन्त्रणमा लिएर सोधपुछ गर्न थालेपछि घटनाका बारेमा केही नयाँ तथ्य बाहिर आएकाले अरु चार जनामाथि पनि प्रहरीले अनुसन्धान केन्द्रित गरेको हो । 

घटनाको अनुसन्धानका लागि १० जनाको प्रहरी टोली भने घटनास्थलमै रहेको थियो । बीभत्स हत्याका बारेमा थप विषय खुल्न थालेपछि अनुसन्धानमा विशेषज्ञता हासिल गरेका प्रहरी अधिकारी पुनः घटनास्थल पुगेका हुन् । तेजबहादुर कार्कीसहित उनका परिवारका ६ जनाको हत्या गरेको अवस्थामा गत भदौ २१ गते बिहान छरपस्ट शवहरु भेटिएका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved