मोटरहेडद्धारा टेक्कन आर २५० सार्वजनिक, सुरुवाती मूल्य ४ लाख ५ हजार

  • आश्विन ३, २०७८
  • ४५१ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । नेपालमा मोटरहेडको आधिकारीक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रा. लीले सोहि कम्पनीको टेक्कन आर २५० नेपाली बजारमा सार्वजनीक गरेको छ । एसजी समूहको एक सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीले यो बाइक नेपाली बाजारको लागि नौलो भएको प्रक्रिया दिएको छ । नेपाली बजारमा यो मोटरबाइक शुक्रबार सार्वजनीक गरिएको हो । यसको सुरुवाती मुल्य ४ लाख ५ हजार रहेको कम्पनीले जानकारी दिएको छ । तर यो आफर सिमित समयको लागि मात्रै रहने कम्पनीले बताएको छ ।

यो मोटरबाइक नेपालमा आफरोड राडको लागि उत्कृष्ट हुने कम्पनीले दाबी गरेको छ । सुरुवातमा कम्पनीले दुई आर्कषक रंग र ग्राफिक्समा बाइक सार्वजनीक गरको छ । २२३ सिसि भेरियन्टको यो बाइकको अधिकतम पावर १२ दशमलव ५ किलोवाट र टर्क १७ एनएम रहेको कम्पनीले जनाएको छ ।

यो बाइकमा सुधार गरिएको सिलिन्डर र पिस्टनलाई प्रयोग गरिएको छ । १४ लिटर फ्युल ट्यांक क्षमता भएको टेक्कन आर २५० मा कडा चेसिस÷फ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट, स्लिक सेप इन्डिकेटर, इन्बिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट उपलब्ध गराइएको छ । जसका कारण नेपाली युवा राइडरमाझ यसले छिट्टै प्रभाव पार्न सक्ने विश्वास कम्पनीको रहेको छ ।

यो कम्पनीले विगत ५ वर्षदेखि नेपाली बजारमा मोटरहेडका डर्ट, क्रसओभर र स्क्र्याम्बलर सेग्मेन्ट उपलब्ध गराएर प्रयोगतकर्ताको मन जित्दै आएको छ । यी बाइक नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्सका कारण युवा राइडरमाझ लोकप्रिय बन्दै गएको कम्पनीका महाप्रबन्धक उज्वल जोशीले बताए । मोटरहेड विश्वमै परिचित चिनियाँ ब्रान्डको अफरोड बाइक हो । नेपाली बजारमा प्रभाव जमाउन सफल यो ब्रान्डको हाल देशभर बिक्री र बिक्री पछिको सेवा बिस्तार भैरहेको छ । देशका बिभिन्न १४ स्थानमा डिलर आउटलेट विस्तार गरेको कम्पनीले आगामी दिनमा बिक्री र बिक्री पछिको सेवालाई थप विस्तार गर्दै जाने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved