पीडितको घरघर पुग्दै मोरङ प्रहरी : सजायबारे जानकारी, पीडित खुसी

  • आश्विन २, २०७८
  • ३२४ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले ‘पीडित पुनः भेटघाट (Victim Revisit) कार्यक्रम’ सुरुवात गरेको छ । अभियान अन्तर्गत शुक्रबार २०४२ साल भदौ १८ गते भएको खुन डाका मुद्दाका पीडित विराटनगर ३ का ८५ वर्षीय धर्मध्वज थापा क्षेत्रीसँग जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जि.सी.सहितको टोलीले भेटघाट गरेको छ ।

भेटका क्रममा घटनामा संलग्न रही फरार रहेका कटहरी–७ तकियाका ८७ वर्षीय उजारू चौधरी थारू र ५० वर्षीय शिवना सरदार वातरलाई ३५ वर्ष पछाडि गत भदौ ९ गते पक्राउ गरी कानूनी कारवाही भएको जानकारी गराएका छन् । सो क्रममा थापा क्षेत्रीले लामो समय पछि पनि न्याय पाएकोमा खुसी व्यक्त गर्दै प्रहरीको अभियानको प्रशंसा गरेका थिए ।

यस्तै इलाका प्रहरी कार्यालय रानी, रंगेली, सिजुवा, उर्लाबारी, पथरी, लेटाङ र बेलबारी समेतले अभियान सुरु गरेको छ । प्रहरीले घर–घरमै पुगेर कानूनी परामर्श र प्रक्रियाबारेमा पीडितलाई जानकारी दिएको थियो ।

पीडितमैत्री वातावरण सिर्जना गर्दै, पीडक र निजको पक्षबाट पीडितलाई हुन सक्ने दवाव, प्रभाव तथा हस्तक्षपलाई रोक्न यो अभियान मोरङ प्रहरीका सबै निकायबाट एकैपटक सुरु भएको हो ।

पीडक (कसुरदार)लाई कानून बमोजिमको दण्ड दिनु, समाजलाई अपराध र अपराधको भयबाट मुक्त राख्नु र पीडितलाई कानून बमोजिम उचित न्यायीक उपचार उपलब्ध गराउने उद्देश्यका साथ अभियान सुरु गरिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

‘पीडितलाई सुरक्षित अनुभूति गराउन, पीडितको पीडा कम गर्दै आत्मबल अभिवृद्धि गर्नु, अनुसन्धान सम्बन्धि सूचनाको अधिकार, न्यायिक कारवाही सम्बन्धि सूचनाको अधिकार, क्षतिपूर्ती तथा सामाजिक पुनःस्थापनाको अधिकार सुनिश्चित गर्न अभियान सुरु गरिएको हो,’ प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘दण्डहिनताको अवस्था सिर्जना हुन नदिन तथा पीडित न्याय प्रणाली कायम राख्न पीडितसँग सम्पर्क गरी पीडितलाई कानून बमोजिम सहयोग गर्न आवश्यक देखिएकोले जिल्ला प्रहरी कार्यालय मोरङ र मातहत प्रहरी ईकाई समेतले पीडित पुनः भेटघाट कार्यक्रम शुरूवात गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved