कुशल र रोहित चम्किँदा अमेरिकामाथि नेपालको जित

  • भदौ २९, २०७८
  • ५३५ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डाै ।  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान सम्मिलित त्रिकोणाात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकामाथि जित दर्ता गरेको छ । सोमबार ओमानको राष्ट्रिय क्रिकेट एकेड्मीको अल एमिरात क्रिकेट ग्राउन्डमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो । 

अमेरिकाले प्रस्तुत गरेको दुई सय ३१ रनको लक्ष्य पछ्याएको नेपालले खेल सकिन एक ओभर बाँकी छँदा मात्र पाँच विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको जितमा रोहित पौडेलले अविजित ६२ रनको अर्धशतकीय पारी खेले । जितका लागि मात्र तीन रन आवश्यक छँदा विनोद भण्डारीले ‘रिभर्स स्वीप’ खेल्दा ३७ रनको व्यक्तिगत योगफलमा अमेरिकी विकेटकीपरको हातमा क्याच थमाए ।

एक सय ४५ रनमा चार विकेट गुमाउँदा दबाबमा आएको नेपाली पारीलाई रोहित पौडेल र विनोद भण्डारीको जोडीले जित नजिक डोहो¥यायो । दुवै जनाले पाँचौँ विकेटका लागि ८३ रनको साझेदारी गरे । 

ओपनर कुशल भुर्तेल र आशिफ शेखले ६६ रनको साझेदारी गर्दा नेपालले औसत लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुआत गर्न पुग्यो । आशिफ शेख २३ रन बनाएर पेभेलियन फर्र्किए । अर्का ओपनर कुशल भुर्तेलले भने ९३ बलको सामना गर्दै तीन चौका र तीन छक्काको सहयोगमा ८४ रनको उत्कृष्ट पारी खेले । उनले अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आफ्नो पहिलो अद्र्धशतक लगाए ।

कप्तान ज्ञानेन्द्र मल्ल १७ र कुशल मल्ल एक रन बनाएर पेभेलियन फर्किँदा नेपाली पारी दबाब आएको थियो । कप्तान मल्ल पेभेलियन फर्केपछि चौथो नम्बरमा रोहित पौडेल ब्याटिङ गर्न आए । तर कुशल भुर्तेलले रोहित र रोहितले विनोद भण्डारीसँग उत्कृष्ट साझेदारी गर्दा नेपालको जित सुनिश्चित भयो ।

कुशल भुर्तेलले रोहित पौडेलसँग तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरे । भुर्तेल पेभेलियन फर्किदा ब्याटिङ गर्न आएका कुशल मल्ल एक रन जोड्दै आउट भएपछि विनोद भण्डारी ब्याटिङ गर्न आए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभर खेल्दा नौ विकेटको क्षतिमा दुई सय ३० रन बनाएको थियो । अमेरिकाका लागि मोनक पटेलले शतकीय इनिङ्ग्स खेलेका थिए । उनले एक सय १४ बल खेल्दा नौ चौका र एक छक्का प्रहार गरे । 


यस्तै, निसर्ग पटेलले २१ रन बनाउँदा सुशान्त मोडानीले र करिमा गोरे १६–१६ रन जोडे । स्टेभन टेलर १४ रनमा आउट हुँदा अभिषेक पराड्कर १३ रनमा अजिवित रहे । सञ्जय कृष्णमूर्ति र नोस्ठुस केन्जिगेले १३–१३ रन बनाउँदा जस्करण मल्होत्राले ११ रन जोडे । यस्तै, कप्तान सौरभ नेत्रभाल्कर ६ रनमा नटआउट रहे ।


बलिङतर्फ सन्दीप लामिछाने, सुशन भारी र विक्रम सोबले दुई–दुई विकेट लिँदा कुशल मल्ले एक विकेट झारे । नेपालको प्रमुख बलर सोमपाल कामी भने विकेटविहीन रहे । उनले नौ ओभरमा ४४ रन खर्चिए ।

विक्रम सोबले ६ ओभरमा ३३ रन खर्चेर दुई, सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर दुई र सुशन भारीले १० ओभरमा ३१ रन खर्चेर दुई विकेट लिए । अब, नेपालले दोस्रो खेलमा ओमानको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved