विश्वकप छनोट : ब्राजिल, अर्जेन्टिना, उरुग्वे प्रतिस्पर्धामा

  • भदौ २८, २०७८
  • ३४१ पटक पढिएको
  • न्यू पाटी
alt

सन् २०२२ मा हुने विश्वकपको दक्षिण अमेरिकी छनोट खेलअन्तर्गत शुक्रबार बिहान पाँच खेल हुँदै छन् । अघिल्लो खेल कोभिडका कारण स्थगित भएका कारण ब्राजिल र अर्जेन्टिनाले आठौँ चरणको खेल खेल्दै छन् भने अरू सबै टिमले नवौँ चरणको खेल खेल्ने छन् । 

भोलि बिहान कोपा अमेरिका विजेता अर्जेन्टिनाका साथै ब्राजिल, उरुग्वे, चिलीलगायत राष्ट्र प्रतिस्पर्धामा छन् । अर्जेन्टिनाले बिहान ५ः४५ बजे बोलिभियासँग खेल्दै छ । अर्जेन्टिनामा हुने उक्त खेलमा घरेलु टिम पाँचौँ जितको खोजीमा छ । 

अङ्क तालिकाको दोस्रो स्थानमा रहेका अर्जेन्टिनाले सात खेल खेल्दा १५ अङ्क जोडेको छ । बोलिभियाले भने आठ खेलमा ६ अङ्क जोडेको छ । 

यस्तै, ब्राजिलले बिहान ६ः१५ बजे हुने खेलमा पेरुसँग खेल्ने छ । शीर्ष स्थानमा रहेको ब्राजिलले सात खेलमा २१ अङ्क जोडेको छ । उसले आफ्नो विजयी यात्रा कायमै राखेको छ । त्यसअघि बिहान ४ः१५ बजे उरुग्वे र इक्वाडरले खेल्ने छन् भने चिली र कोलम्बियाले ४ः४५ बजे खेल्ने छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved