पीएनजीमाथि नेपालको ऐतिहासिक जित, सन्दीप एक्लैले लिए ६ विकेट

  • भदौ २६, २०७८
  • ७१७ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । पपुवा न्यूगिनी (पीएनजीं सँगको दोस्रो एकदिवसीय म्याचमा नेपाल १५१ रनले विजयी भएको छ ।

योसँगै नेपालले दुई खेलको सिरिज २-० ले जितेको छ । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो ।

आजको जितसँगै नेपालले इतिहास पनि रचेको छ । हालसम्म पीएनजीलाई यति ठूलो रन अन्तरले हराएको थिएन ।

दोस्रो खेलमा नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.१ ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।

उसका लागि टोनी उराले १९, चाल्स अमिनीले १६, नर्मन भानुआले १२, सेसे बउले ११ र गौडी टोकले १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा आज पनि सन्दीप लामिछाने चम्किँए । उनले आज ५.१ ओभरमा ११ रन दिएर ६ विकेट लिए ।

एकदिवसीय करियरमा सन्दीपको यो उत्कृष्ट बलिङ प्रदर्शन हो । यसअघि उनले अमेरिकाविरुद्ध १६ रन दिएर ६ विकेट लिएका थिए ।

त्यस्तै, सुशान भारी, सोमपाल कामी र विक्रम सोबले एक/एक विकेट हात पारे ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनायो ।

उसका लागि युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले १२३ बलमा तीन छक्का र दुई चौकाको मद्दतमा ८६ रन बनाए ।

एकदिवसीय क्रिकेटमा रोहितको यो करियरकै उत्कृष्ट ब्याटिङ हो । यसअघि यो प्रारूपमा उनको उच्च स्कोर ५५ रन थियो ।

त्यस्तै, करण केसीले आक्रामक ब्याटिङ गरे । उनले २४ बलमा चार छक्का र दुई चौकासहित ४२ रन बनाए । एकदिवसीय क्रिकेटमा करणको पनि यो करियरकै उच्च प्रदर्शन हो ।

यसअघि वानडेमा उनको उच्च स्कोर १८ रन थियो । त्यस्तै, आज कप्तान ज्ञानेन्द्र मल्लले ४५, विनोद भण्डारीले १७, सोमपाल कामीले ११, कुशल भुर्तेल र आशिफ शेखले तीन–तीन रनको योगदान दिए ।

बलिङमा चाड सोपरले सर्वाधिक तीन विकेट लिए ।

ज्ञानेन्द्र र रोहितले बनाए कीर्तिमान

कप्तान ज्ञानेन्द्र मल्ल र युवा ब्याट्सम्यान रोहित पौडेलले कीर्तिमान बनाएका छन् । उनीहरूले एकदिवसीय क्रिकेटमा नेपालको तर्फबाट कुनै पनि विकेटका लागि सर्वाधिक ठूलो साझेदारी बनाउने कीर्तिमान बनाएका हुन् ।

रोहित र ज्ञानेन्द्रले यो उपलब्धि पीएनजीसँगको दोस्रो म्याच हासिल गरे । मल्ल र पौडेलबीच तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरे ।

यसअघि ओडिआईमा नेपालबाट सर्वाधिक ठूलो साझेदारी कुशल मल्ल र विनोद भण्डारीको नाममा थियो । उनीहरूले गत वर्ष अमेरिकाविरुद्ध ८४ रनको साझेदारी गरेका थिए ।

कौजा वागीले रचे इतिहास

नेपालले पहिलो विकेटका रूपमा आशिफ शेखलाई गुमायो । उनी ३ रनमै आउट भए । नेपालले पहिलो विकेट २.१ ओभरमै गुमाउन पुगेको थियो ।

आशिफलाई आज डेब्यू गरेका कौजा वागीले आउट गरे । उनी क्याच आउटको सिकार भए । आशिफको विकेट लिने वागीले आज डेब्यू गरेका हुन् । उनले डेब्यू म्याचको पहिलो बलमै विकेट लिन सफल भए ।

पहिलो म्याचमा नेपाली बलर विक्रम सोबले पनि पहिलो बलमै विकेट लिँदै इतिहास रचेका थिए । अब कौजाले पनि पीएनजीका लागि इतिहास रचेका छन् ।

नेपालले अब पीएनजीसँगको म्याचपछि आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको सिरिज खेल्ने छ । नेपालले सो सिरिजअन्तर्गत पहिलो खेल सोमबार अमेरिकाविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved