अदालत परिसरमा कार दुर्घटना प्रकरण : न्यायाधीशका अंगरक्षक र चालकविरुद्ध मुद्दा

  • भदौ २४, २०७८
  • ४६८ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर । मोरङ अदालत परिसरभित्र कारको ठक्करबाट एक जना महिलाको मृत्यु प्रकरणमा कारको चावी दिने चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चालक श्रवण चौधरीलाई पनि पक्राउ गरेको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश ईश्वर पराजुलीले प्रयोग गर्ने बा १४ च ६०१६ नम्बरको कार न्यायाधीशका अंगरक्षक विन्दकुमार सिंहले सिक्न खोज्दा अनियन्त्रीत भएर ठक्कर दिँदा ४२ वर्षीया लक्ष्मी दाहालको हिंजो साँझ मृत्यु भएको थियो । नेपाल प्रहरीका हवल्दार रहेका सिंहले कारको चालक चौधरीलाई चाबी मागेर पार्किङ गरेको कार निकाल्न खोज्दा दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ ।

दाहाल अदालत परिसरभित्र क्यान्टिन चलाउँदै आएकी थिइन् । कारले क्यान्टिनभित्र काम गरिरहेको अवस्थामा उनलाई ठक्कर दिएको थियो । ठक्कर दिँदा गम्भीर घाइते भएकी दाहालको उपचारका क्रममा साँझ ५ः१५ बजेतिर कोशी अस्पताल विराटनगरको आकस्मिक कक्षमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनको स्थायी ठेगाना धनकुटाको महालक्ष्मी नगरपालिका–१ हो ।

अदालत परिसरमै क्यान्टिन सञ्चालन गर्ने उनलाई पार्किङ गरेर राखेको ठाउँबाट निकाल्ने क्रममा अनियन्त्रित भएको कारले क्यान्टिनको घेराबारा तोड्दै क्यान्टिनभित्र छिरेको थियो । अनियन्त्रित बनेर भित्र छिरेको कारले क्यान्टिनमा काम सकेर खाजा खाँदै गरेको अवस्थामा दाहाललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिँदा प्रहरी हवल्दार सिंहले कार चलाएका थिए भने कारको साइडमा चौधरी बसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनापछि अंगरक्षक सिंहलाई बुधबार हवल्दार र चालक चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई सवारी चालक अनुमति पत्र नभएकालाई सवारी दिएको कसुरमा पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले बुधबार सवारी ज्यान मुद्दामा मोरङ अदालतमा पाँच दिनको म्याद थप गरि घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए ।

कसुर पुुष्टि भए यस्तो हुनसक्छ सजाय

न्यायाधीशका अंगरक्षक विन्दकुमार सिंहसँग सवारी चालक अनुमति पत्र नभएको दाबी गरिएको छ । लाईसेन्स बेगरै सवारी चलाएर दुर्घटनामा परि कुनै व्यक्तिको मृत्यु भए, सवारी चालक र सवारी धनीमाथि ‘सवारी ज्यान मुद्दा’ दर्ता हुने कानुनी व्यवस्था छ ।

लाइसेन्स नहुने व्यक्तिको हकमा सो मुद्दाको १६१ को दफा २ र दफा ४ आकर्षिक हुने कानुनमा उल्लेख छ । उक्त कसुर पुष्टि भएको खण्डमा सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार ३ देखि १० वर्षसम्मको कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्मको जरिवाना हुन्छ । सवारी चालक अनुमति पत्र नभएको हकमा पनि थप सजायको व्यवस्था छ ।

यस्तै कानुनमा सवारी ज्यान मुद्दाको दफा ४ मा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा २ हजार रुँपैयाको जरिवाना समेत थप हुने व्यवस्था रहेको छ । यस्तै सोही मुद्दाको दफा ५ मा कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई २ वर्षसम्म कैद हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved