संखुवासभा सामूहिक हत्याकाण्ड : मृतकको शव पोष्टमार्टमका लागि धरान ल्याईयाे

  • भदौ २३, २०७८
  • ३८९ पटक पढिएको
  • न्यू पाटी
alt

धरान । संखुवासभाको मादी नगरपालिका–१ स्थित खोलागाउँबाट ६ जना मृतकको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ ।संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार मृतकको शव मुचुल्का गरेर पोष्टमार्टमका लागि मंगलबार धरान पठाइएको हो । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान तल्लो तहमा पुगिसकेको जनाएको छ । घटना संलग्नहरु भाग्नसक्ने सम्भावित नाकाहरुमा सोमबारबाटै निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

घटनास्थलमा तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको सूक्ष्म अनुसन्धान भइरहेको मात्रै प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) बाट पनि प्रहरी नायब उपरीक्षक रुकमबहादुर कुँवरको नेतृत्वमा ३ जनाको टोली घटनास्थल पुगेको छ ।
मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको थियो । तेजबहादुरसहित उनकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

धरानबाट एसपी दाहालको नेतृत्वमा अनुसन्धानका लागि ‘ट्रयाकर’डग पिकु र लैलालाई पनि लगिएको छ । तर, निरन्तरको वर्षाका कारण तालिमप्राप्त कुकुरबाट गरिने अनुसन्धान प्रभावकारी हुनसक्ने अवस्था नरहेको प्रहरी स्रोतले जनाएको छ । घटनाको अनुसन्धानमा संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी र इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडा पनि खटिएका छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरले अनुसन्धानलाई थप मद्दत गर्न रिजनल इन्भेस्टिकेसन टिम (रिट) लाई पनि परिचालन गरिसकेको छ । घटनास्थलमा रहेका एसपी दाहालले अनुसन्धान सकारात्मक दिसामा रहेको भन्दै चाँडै नै निश्कर्षमा पुग्ने बताए ।

घटनापछि शोकमा डुबेको सिंगो गाउँमा सन्नाटा छाइरहेको वडाध्यक्ष खेमनाथ कटुवालले बताए । अहिलेसम्म घटनाका बारेमा केही पनि खुल्न नसकेको उनको भनाइ छ । घटनाको अनुसन्धानमा स्थानीय बासिन्दा र जनप्रतिनिधिले प्रहरीलाई सहयोग गरिरहेका छन् ।

प्रहरीका अनुसार प्रायः शवहरु घोप्टो परेको अवस्थामा भेटिएका छन् । मृतकहरुको टाउँकोमा चोट देखिएको छ । घरमा जिवितै भेटिएका ८९ वर्षीय बौदमानले भने घटनाका बारेमा आफूले केहि थाहा नपाएको बताएका छन् । उनले आँखा कम देख्ने र कान राम्रोसँग नसुन्ने बताइएको छ ।

मृतक तेजबहादुरका दुई छोराहरू जेठो रमेश र कान्छो नरेश वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् । रमेशकी श्रीमती रञ्जनाको हत्या भएको छ भने नरेशकी श्रीमती मुना झापामा रहेको बताइएको छ ।

कार्की परिवारले झापामा जग्गा किन्नलाई बैना गरिसकेको पाइएको छ । जग्गा किन्नलाई घरमा पैसा राखेको हुनसक्ने अनुमान गर्दै स्थानीयले सबैको हत्या गरेर लुटपाट गरिएको हुनसक्ने आशंका गरेका छन् ।

तेजबहादुरका चार जना दाजुभाइ रहेको मादी नगरपालिकाका–१ का वडाअध्यक्ष खेमनाथ कटुवालले जानकारी दिए । उनी माइला हुन् । उनका जेठा दाइ र एक जना भाइ तेह्रथुममा तथा एक भाइ संखुवासभामै बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved