भारतबाट ल्याइएको ७५ लाखको औषधी बरामद

  • भदौ २०, २०७८
  • ३२५ पटक पढिएको
  • न्यू पाटी
alt

लहान / प्रहरीले भारतबाट नेपाल ल्याइएको ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको औषधी बरामद गरेको छ ।शनिबार बिहान एउटा अटोबाट इलाका प्रहरी कार्यालय लहानको टोलीले औषधी बरामद गरेको हो ।

बिहान राति सवा २ बजे लहान नगरपालिका-१९ कटहा चोकबाट लु१स ८००७ नम्बरको अटो चेकजाँच गर्दा ठूलो परिमाणमा औषधी फेला परेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बरामद भएको तीन खालको औषधी रहेको लहानका प्रहरी नायब उपरीक्षक तपन दाहालले बताए । रिकल—केटु—सेभेन नामको औषधी ३५ लाख ९३ हजार ९२०, ओइथोकल ट्याबलेट २९ लाख ७२ हजार १६० र केयरकल ट्याब्लेट ९ लाख ९० हजार ७२० रूपैयाँ बराबरको बरामद भएको दाहालको भनाई छ ।

उनले बिहान राति आफू गस्तीमा निस्केका बखत अटो आइरहेको र प्रहरीलाई देख्नासाथ अटोमा रहेका व्यक्तिहरू फरार भएको बताए । फरार व्यक्तिहरूलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved