नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल : बराबरीमा रोकियो नेपाल

  • भदौ १८, २०७८
  • ७४१ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । अञ्जन बिष्टको गोलमा नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी नतिजा निकालेको छ ।विपक्षी रक्षक र गोलकिपरबीच तालमेल नमिल्दाको फाइदा उठाउँदै अञ्जनले मध्यान्तर हुन नौं मिनेट बाँकी रहँदा खाली पोष्टमा गोल गर्दै नेपालको खाता खोलेका थिए ।

आफ्नै सहयात्रीले दिएको ब्याक पास भारतीय गोलकिपरले नियन्त्रणमा लिन नसक्दा अञ्जनले छरितो पारामा अगाडि बढेर बल चलाखीपूर्ण ढैगले विपक्षी पोस्टमा छिराएका थिए ।

तर अनिरुद्र थापाले ६०औं मिनेटमा गोल गर्दै भारतलाई खेलमा फर्काएका थिए । नेपालले त्यसपछि पनि विपक्षी पोस्टमा लगातार दबाब सिर्जना गरिरहे पनि गोल भने गर्न नसक्दा बराबरीमा सिमित हुनुपर्‍यो ।नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार दशरथ रंगशालामा हुनेछ ।

भारतले नेपालमाथि जित हासिल गर्दै वरियताक्रममा सुधार गर्ने उद्देश्यसहित नेपाल भ्रमण गरेको थियो । तर नेपाली रक्षापंक्तिले जब्बर प्रदर्शन गरेपछि भारतीय टोली पहिलो हाफसम्म गोल गर्न त सफल भएन नै, बरु आफ्नै गल्तीमा विर्सनलायक गोल खाएर मध्यान्तर निम्त्याउन बाध्य भयो ।

अर्को महिना माल्दिभ्सको राजधानी मालेमा हुने साफ च्याम्पियनपिमा सहभागिताको तयारीमा रहेका नेपाल र भारतबीच त्यसैका लागि मैत्रीपूर्ण खेल भएको हो ।

नेपाली टोली भने साफ च्याम्पियनसिपका लागि दुई महिनादेखि बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ । मैत्रीपूर्ण खेलअघि नेपाली टोली पोखरामा दुई साताको अभ्यास गरेर केही दिनअघिमात्र काठमाडौं फर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved