कोरोना संकटकाबीच खेलाइएको विराट गोल्डकपमा ८ लाख नाफा

  • भदौ १७, २०७८
  • ६५७ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर । चार महिनाअगाडि भव्य रूपमा सम्पन्न भएको ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगितामा आयोजकलाई ८ लाख २ हजार ३ सय ६२ रूपैयाँ नाफा भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टले विराटनगरमा आज पत्रकार सम्मेलन गरि रात्रीकालिन विराट गोल्डकपमा १ करोड ४७ लाख ७४ हजार ५ सय ९४ रुपैयाँ कुल आम्दानी भएकोमा १ करोड ३९ लाख ७२ हजार २ सय ३१ रूपैयाँ खर्च भएको जानकारी गराएको हो ।

प्रतियोगिता संचालनका लागि विराटनगर महानगरपालिकाले १२ लाख, समाजिक विकास मन्त्रालयले १५ लाख, राष्ट्रिय खेलकुद परिषदबाट ४ लाख रुपैयाँ आर्थिक सहयोग आएको विराट गोल्डकप आयोजक समितिका संयोजक मनोज बिक्रम शाहले जानकारी दिए । यस्तै मुख्य प्रयोजकहरुबाट २० लाख, प्रयोजकहरुबाट १० लाख, सहप्रयोजकहरुबाट ५० हजार प्राप्त भएको थियो भने टिकट बिक्रीबाट ५९ लाख ७६ हजार १ सय आम्दानी भएको संयोजक शाहले जानकारी दिए । प्रदेश सरकारबाट ४० लाख रुपैयाँ दिने घोषणा गरेको भएपनि प्रतियोगिता सम्पन्न भएपछि १५ लाख रुपैयाँ मात्र सहयोग आएको आयोजकले जनाएको छ ।

विराटनगरस्थित सहिद रंगशालमा फ्लडलाइट जडान गरि २०७७ चैत २६ देखि ०७८ वैशाख ४ गतेसम्म भव्य रूपमा विराट गोल्डकप प्रतियोगिता सम्पन्न भएको थियो । छैठौं संस्करणको विराट गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल काठमाडांै बिजेता भएको थियो भने उपबिजेता पन्जाब पुलिस जलन्धर भारत बनेको थियो ।

प्रतियोगिताको बिजेताले ट्रफिसहित १५ लाख १५ हजार रुपैयाँ प्राप्त गरेको थियो भने उपबिजेताले ७ लाख ५१ हजार रुपैयाँ राशी रहेको थियो । युवा व्यवसायी शाह विराट गोल्डकपको प्रतियोगिताको आयोजक समितिको संयोजक बनेपछि पहिलो पटक फ्ल्डलाइट जडान गरि रात्रीकालिन प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको थियो ।

विराटनगरको ऐतिहासिक महत्व बोकेको गोल्डकपलाई आगामी दिनमा पनि निरन्ता दिनुपर्ने शाहले बताए । ‘सबैको साथ सहयोगले यसपटकको रात्रीकालिन विराट गोल्डकप भव्य रूपमा सम्पन्न भयो,’ पत्रकार सम्मेलनमा उनले भने, ‘यो सफलतामा प्राप्त गर्न सबैको साथ सहयोग र हौसलाले मात्र सम्पन्न हुन पुग्यो ।’ विराट गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष बानियाले आगामी दिनमा पनि विराट गोल्डकपलाई निरन्ता दिएर ट्रष्ट अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved