डेब्यु खेलमा गोलविहीन मेस्सी, विपक्षी खेलाडी फोटो खिचाउन हौसिए

  • भदौ १६, २०७८
  • ५७४ पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी ।  यसै समर बार्सिलोना छोडेर फ्रान्स आएका लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट डेब्यु गरेका छन् । बार्सिलोनासँगको २१ वर्षे यात्रा अन्त्य गरेर पिएसजी आएका उनले फ्रान्सेली लिग वानअन्तर्गत आइतबार राति भएको रेइम्ससँगको खेलमा डेब्यु गरेका हुन् । 

उक्त खेलमा वैकल्पिक खेलाडीको रूपमा मेस्सी मैदान प्रवेश गरेका थिए । मेस्सी खेलकाे ६६औँ मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए । ३० नम्बरको जर्सी लगाएर उनी मैदान प्रवेश गरेका थिए । तथापि, मेस्सी आफ्नो पहिलो खेलमा गोलविहीन बने । 

पिएसजीले रेइम्सलाई २–० गोलले हराउँदा किलियन एम्बाप्पे नायक बने । पिएसजीलाई जिताउन दुवै गोल एम्बाप्पेले गरेका थिए । खेलको १६औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा एम्बाप्पले दोस्रो गोल गर्दै पिएसजीलाई २–० गोलले जिताए । 

यस जितसँगै पिएसजीले चार खेलबाट १२ अङ्क जोडेको छ । ऊ अङ्क तालिकाको शीर्ष स्थानमा छ । रेइम्स भने ३ अङ्कसहित १७औँ स्थानमा छ । 

मेस्सीसँग फोटो खिचाउन हौसिए विपक्षी गोलरक्षक

रेइम्सका गोलरक्षक प्रेड्राग राजकोभिकले भने मेस्सीको डेब्युको फाइदा उठाए । उनले मेस्सीलाई सोधेर उनीसँग फोटो खिचाए । खेलपछि मैदानबाट बाहिरिने क्रममा आफ्नो छोरा बोकेर गोलकिपर राजकोभिकले मेस्सीसँग फोटो खिचाएका हुन् । तर उनले आफ्नो नभएर छोरा र मेस्सीको फोटो खिचेका थिए ।

अब मेस्सी अर्जेन्टिनाको टिममा फर्किनेछन् । उनी सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट खेल्ने तयारीमा हुनेछन् । सोमबार मुख्य प्रशिक्षक लियोनल स्कालोनीले विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटतर्फको खेल खेल्न मेस्सीको कप्तानीमा ३० सदस्यीय टोली घोषणा गरेका छन् ।

विश्वकपको छनोटअन्तर्गत अर्जेन्टिनाले तीन राष्ट्रसँग खेल्ने छन् । अर्जेन्टिनाले भेनेज्वला, ब्राजिल र बोलिभियासँग खेल्ने तालिका छ । अर्जेन्टिनाले ३ सेप्टेम्बरमा भेनेज्वलासँग खेल्नेछ भने ५ सेप्टेम्बरमा ब्राजिलको सामना गर्नेछ । यस्तै, १० सेप्टेम्बरमा बोलिभियासँग खेल्नेछ । 

विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फ अर्जेन्टिना १२ अङ्कका साथ दोस्रो स्थानमा छ । उसले ६ खेल खेलेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved