पारसको क्यारिकेचरले चुलियो भरतमणिको चर्चा

  • भदौ १४, २०७८
  • ३९२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । ताप्लेजुङ निवासी युवा भरतमणि पौडेल ‘कमेडी च्याम्पियन सिजन २’ को पहिलो फाइनलिस्ट बनेका छन्। शनिबार राति प्रसारण भएको शृंखलामा पूर्व युवराज पारस शाहको स्वरुपमा उत्रिएर उत्कृष्ट प्रस्तुति दिएपछि उनी सिधै फाइनल पुगेका हुन्। 

भरतमणिले यो साता आफूलाई भोटिङ नगर्न भन्दै फाइनल राउन्डका लागि साँचेर राख्न सबैलाई आग्रह गरेका छन् ।कमेडी च्याम्पियन सिजन २ को सुरुदेखि नै भरतमणि चर्चामा छन्। एमाले नेता गोकुल बास्कोटाको क्यारिकेचर दुरुस्तै गरेर चर्चा बटुलेका उनले शनिबार राति पूर्वयुवराज पारस शाहको गेटअपमा प्रस्तुति दिए। 

भरतमणिको यो प्रस्तुतिलाई धेरैले मन पराएका छन्। पारस र राजतन्त्र समर्थकले भने पारसलाई हाँसोको पात्र बनाएको भन्दै आलोचना पनि गरेका छन्। पूर्वयुवराज पारस शाहको नक्कल गर्दै अभिनय गरेका भरतमणिको भिडियोको ट्रेलर शुक्रबार नै युट्युबमा राखिएको थियो। 

जुन ट्रेन्डिङमा आइसकेको छ। भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको क्यारिकेचर पनि हुबहु गर्ने गरेका छन्। खासगरी उनले घरबेटीको प्रसंग आफ्ना प्रस्तुतिमा दिँदा दर्शकले निकै मन पराएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved