बार्सिलोनाको तेस्रो खेल : टेर स्टेगन र कौटिन्हो टिममा फर्किए

  • भदौ १३, २०७८
  • ६२२ पटक पढिएको
  • न्यू पाटी
alt

स्पेनिस ला लिगामा आज बार्सिलोनाले तेस्रो खेल खेल्दै छ । नेपाली समयानुसार राति ८ः४५ बजेबाट सुरु हुने उक्त खेलमा बार्सिलोनाले गेटाफेसँग खेल्न लागेको हो । आफ्नै मैदान क्याम्प  नोउमा हुने उक्त खेलमा बार्सिलोना दोस्रो जितको खोजीमा हुनेछ ।

यसअघि उसले एक खेलमा बराबरी र एक खेलमा जित निकालेको थियो । बार्सिलोना चार अङ्कका साथ आठौँ स्थानमा छ । 

गेटाफेसँगको खेलका लागि केही खेलाडी टोलीमा फर्किएका छन् । तथापि, रोनाल्ड कोम्यानका लागि दुःखद खबर पनि छ । जेरार्ड पिके चोटका कारण मैदान बाहिर रहँदा एरिक गार्सिया प्रतिबन्धका कारण गेटाफेविरुद्ध मैदान उत्रिने छैनन् । त्यसबाहेक पेड्री पनि टोलीमा छैनन् । 

शुभ समाचार भने टोलीमा मार्क–आन्द्रे टेर स्टेगन र ओस्कार मिङ्गुएजा चोटमुक्त हुँदै टोलीमा फर्किएका छन् । त्यस्तै, सामुअल उम्टिटी, फिलिप कौटिन्हो र मिरालेम ज्यानिक पनि गेटाफेसँग खेल्ने टिममा परेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved