चर्चामा स्मारिका-विवेक सम्बन्ध : करियरमा सम्बन्ध बाधक कि सम्बन्धमा करियर ?

  • भदौ ९, २०७८
  • ६८८ पटक पढिएको
  • न्यू पाटी
alt

लात्ती लागिहाल्छ-एउटै ओच्छ्यान भएपछि, ठ्याकठुक परिहाल्छ- कुइनो जुधेपछि ।श्रीमान् श्रीमतीबीचकाे झगडा पर्दा नेपाली समाजले दिने सुझाव हो यो । कहिलेकाहीँ श्रीमान् श्रीमतीबीच मनमुटाव हुनु सामान्य हो । भनिन्छ नि- श्रीमान् श्रीमतीको झगडा परालको आगो ।

तर कहिलेकाहीँ फु गर्दा निभ्ने आगोमा फु गर्दा डडेलो लाग्न सक्छ ।अहिले विवाह भएको दुई-चार वर्षमै डिभोर्स ( सम्बन्धविच्छेद ) हुनु सामान्य बनिसकेको छ । तर कुनै सेलिब्रेटीको व्यक्तिगत जीवनमा यस्तो केही भयो भने त्यो चाहिँ रोमाञ्चक हुने गरेको छ । सामाजिक सञ्जालको पोस्ट अनि कमेन्टमा फलानो त यस्तो, फलानो त उस्तो भनेर धेरै जनाको फरकफरक धारणा आउन सुरु हुन्छ । अझ भनौँ- कुनै सेलिब्रेटीको व्यक्तिगत जीवनमा थोरै समस्या आयो मात्र भने पनि टिप्पणी गर्नेहरूको घुइँचो लाग्छ ।

अहिलेकी चर्चित अनि 'चुजी' मोडल हुन्- स्मारिका ढकाल । केही वर्षअगाडि उनको विवेक अधिकारीसँग विवाह भएको थियो । दुवै जना झापा बुधबारे निवासी हुन् । स्मारिकाले आफू घरपरिवारबाट धेरै टाढा बस्न नसक्ने भएकाले घर नजिकैको केटासँग विवाह गरेको केही अन्तर्वार्ताहरूमा बताउँदै आएकी छिन् ।

१८ वर्षको उमेरमा उनले विवेकसँग विवाह गरेकी हुन् । विवाहपछि उनी टिकटकमा भाइरल बनेकी हुन् । टिकटक भिडियोमा उनले आफूलाई श्रीमान् अनि परिवारले धेरै साथ दिने गरेको बताउने गरेकी थिइन् । टिकटकमा स्मारिका र उनकी बहिनी सामरिकाको जोडी निकै हिट छ । उनीहरू परिवारमा हुने वास्तविक घटनालाई कमेडीको माध्यमबाट टिकटकमा प्रस्तुत गर्छन् ।दुवै दिदी-बहिनी नाच्नमा पनि उत्तिकै सिपालु छन् । अभिनयको कुरामा सामरिकाभन्दा स्मारिका अलि अगाडि छिन् । सायद यही भएर होला अहिले म्युजिक भिडियाेकाे क्षेत्रमा स्मारिकाको डिमान्ड बढ्दो छ । 

त्यसो त स्मारिकाले दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । तर गायक शिव परियारको आवाज रहेको 'धोकेबाज' गीतबाट उनी लोकप्रिय बनिन् । लोकप्रिय वा सेलिब्रेटी बनिसकेपछि प्रेमको चर्चा र विभिन्न कुराको आलोचना आउनु सामान्य हो । सधैँ कमेडी भिडियो बनाउने स्मारिकाले एकाएक इमोसनल भिडियाे बनाउन सुरु गरेपछि उनको आलोचना हुन थाल्यो । 

त्यसो त स्मारिका प्रायः आफ्नो गीतको प्रचार गर्न इमोसनल भिडियो बनाउने गर्थिन् । तर सामाजिक सञ्जालमा एकाएक स्मारिका र उनका श्रीमान् विवेकबीच सम्बन्धविच्छेद भएको खबर भाइरल बन्यो । स्मारिकाको हरेक भिडियोको कमेन्टमा एउटै प्रश्न आउन थाल्याे- 'दिदी भन्नु न तपाईंको डिभोर्स भएको हो ?' तर स्मारिकाले सम्बन्धविच्छेदबारे कहिल्यै बोलिनन् । 

उता सामरिका र टिकटक स्टार आर्यन खरेलबीच प्रेम सम्बन्ध रहेको कुरा पनि चर्चामा आउन थाल्यो । यता स्मारिकालाई सेलिब्रेटी भएपछि पैसा कमाउन थालेपछि बुढालाई छोडेको भन्दै आलोचना आउन थाल्यो । स्मारिकाले पटकपटक लाइभ भिडियोमा आफूलाई यस्तो कुरा गरेर मानसिक तनाव नदिन आग्रह गरिरहिन् । स्मारिकाको जन्मदिनको केही दिनपछि एउटा अन्तर्वार्ताको छोटाे क्लिप पनि भाइरल बन्यो । अन्तर्वार्तामा स्मारिकालाई- 'श्रीमानले के भनेर विस (शुभकामना) गर्नुभयो ?' भनेर प्रश्न गरिन्छ ।

प्रश्न साधारण थियो । तर स्मारिकाको आँखा रसायो । उनले मुसुक्क मुस्कुराएर भन्छिन्- अँ ह्याप्पी बर्थ डे बुढी भन्नुभयो ।आँखा रसाएको कुरालाई नकार्न खोज्दै उनले आफ्नो आँखा सधैँ रसाइराख्ने बताउँछिन् । यही अन्तर्वार्ताको छोटो क्लिप अहिले टिकटकमा भाइरल छ ।स्मारिका र विवेकको डिभोर्स भएको हो वा होइन ? चासोको विषय बनिरहेको थियो । स्मारिका सेलिब्रेटी बनेकै कारण विवेकले छोडेका हुन् कि आफ्नो करिअरका लागि स्मारिकाले श्रीमान छोडेकी हुन् ? सबैको चासोको विषय बन्यो । 

यसैबीच स्मारिकाका श्रीमान् विवेक आइतबार टिकटकमा लाइभ आएर आफूहरूको सम्बन्धको अन्त्य भएको बताए । उनले डिभोर्स नै भएको हो नभने पनि आपसी समझदारीमा छुट्टिएको बताएका छन् ।डिभोर्सको चर्चाले टिकटकमा स्मारिकाले धेरै नकारात्मक प्रतिक्रियाहरूको सामना गर्नुपरेको छ । यही कुरालाई जोड्दै विवेकले भने- 

‘अहिले उसलाई टिकटकमा लाइभ आउँदा धेरै ‘एब्युज’ भएको सुनिरहेको छु । पैसा कमाइस्, सेलिब्रिटी भइस्, अनि बुढा छोडिस् भन्ने कुराहरू आएका छन् । यो बिलकुल गलत हो । यो कारण होइन । त्यसैले यस्तो इल्जाम लगाइदिन बन्द गरिदिनुस् । सम्बन्ध तोडिनुमा सबैका आफ्ना पर्सनल प्रोब्लम हुन्छन् । त्यो सबै भनिरहनुपर्ने जरुरत छैन । सम्बन्ध तोडिएको हो । हामी आफ्नै ढङ्गले आ–आफ्नो करिअर अघि बढाऊँ भनेर आपसी समझदारीमा राजीखुसीले छुट्टिएका हौं ।’

विवेकको भावनात्मक शब्द अनि स्मारिकाको टिकटक भिडियो हेर्दा अझै पनि दुईबीच प्रेम छ जस्तो देखिन्छ । तर करिअरकै खातिर सम्बन्ध तोड्नुपर्ने कस्तो बाध्यता हो यो ? त्यो त विवेक र स्मारिका नै जानून् । सायद यही कारण होला- लोकप्रिय सञ्चारकर्मी सविना कार्की भन्ने गर्छिन्- ‘यो माया भन्ने चिज कस्तो- कस्तो…’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved