एजेन्सी : फ्रान्सको लिग वानमा गए राती भएको निस र मार्सेल बीचको खेल रद्द भएको छ । मार्सेलका डिमिट्री पायेटलाई कर्नर फ्लाग नजिकै निसका समर्थकहरुले बोतलले हिर्काएर मैदानमा लडेका पायेटले केहि बेरपछि उठेर बोतल समर्थकतिर नै फर्काएका थिए जस्ले गर्दा आक्रोशित भिड मैदानमा प्रवेश गरेर खेल रद्द भएको थियो।
विवादका क्रममा मार्सेलका केही खेलाडी घाइते भएको अध्यक्ष पाबलो लाङगोरियाले दाबी गरे । विवादको लामो समयपछि निसका खेलाडीहरुले खेल शुरु गर्न चाहेता पनि खेलाडीको सुरक्षाका लागि आफूहरु मैदानमा प्रवेश गर्न अस्वीकार गरेको उनले बताए ।
विवादअघि निसले क्यासपर डोलबर्गको गोलमा १-० को अग्रता बनाएको थियो । खेल आज पुनः खेलाउने भनिएको छ तर यदि आज पनि मार्सेलका खेलाडीहरु मैदान प्रवेश गर्न अस्वीकार गरेमा, फिफाको नियम अनुसार मार्सेलले यो खेल ३-० ले हारेको घोषणा गरिने छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved