चीनका धनीहरुको पैसा अब गरिबहरुलाई बाँडिने

  • भदौ ५, २०७८
  • ५०० पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । चीनमा धनीहरुको पैसा अब गरिबहरुलाई बाँडिनेछ । राष्ट्रपति सि जिनपिङले धनको समान वितरणको योजना तयार पारेका छन् । उनी अनुचित कर्मालाई रोक्नको लागि कर्मचारीहरुको पारिश्रमिकमा वृद्धि र मध्यम वर्गको विस्तार गर्न चाहन्छन् । उनले मंगलबार सरकारले सामाजिक निष्पक्षताको लागि धनको पुनर्वितरणका विषयमा प्रणाली बनाउन लागेको बताएका थिए ।

फाइनान्सियल टाइम्सका अनुसार जिनपिङले धनीहरुको आम्दानीलाई सही तरिकाले विनिमय गर्न र व्यवसायीहरुलाई समाजमा अधिक योगदान गर्नको लागि प्रोत्साहित गर्नु जरुरी रहेको बताए । यसबाट देशका धनीहरुमा अतिरिक्त बोझ बढ्नेछ । चीन सरकारले कर र अन्य विकल्पको माध्यमबाट यो बोझ बहन गर्ने प्रयास गर्नेछ । जिनपिङको बैठकमा सरकारले कर, सामाजिक सुरक्षा र वित्तिय हस्तान्तरण भुक्तानीका विषयमा काम गर्ने तय भएको छ । यसको माध्यमबाट जनताको गुणस्तरीय शिक्षा र समावेशितामा काम गरिनेछ ।

क्रेडिट सुइजको रिपोर्टअनुसार चीनका एक प्रतिशत धनीहरुसँग देशको कूल सम्पत्तिको ३१ प्रतिशत छ । २ दशकअघि धनीहरुसँग देशको सम्पत्तिको २१ प्रतिशत थियो । तर पछिल्लो २ दशकमा यो १० प्रतिशतले बढेर ३१ प्रतिशत पुगेको छ । यसमाथि कोरोना महामारीले श्रमिक वर्ग, साना व्यवसायीलाई सबैभन्दा धेरै प्रभावित गरेको छ । यसबाट धनी र गरिबबीचको खाडल झनै बढेको छ । २०१९ को तुलनामा अहिलेसम्म चीनमा धनकुबेरहरुको संख्या ५० प्रतिशतले बढेको छ ।

लगानीकर्ताहरुले सूचीकृत चिनियाँ कम्पनीबाट यही फेब्रुअरीदेखि अहिलेसम्म १ ट्रिलियन डलरसम्म आफ्नो पैसा निकालिसकेका छन् । चीनका शहरमा २०२० मा निम्न वर्गका जनताको आम्दानी केवल १ प्रतिशत बढेको छ । विश्लेषकहरुले विकासको लागि उपभोक्ता क्षेत्रमा भन्दा लगानीका क्षेत्रमा पैसा खर्च गर्नु उपयुक्त मानेका छन् । यसको लागि नयाँ वित्तिय हस्तान्तरण र सामाजिक खर्च बढाउनु आवश्यक हुनेछ ।

चिनियाँ अधिकारीहरुले च्यारिटीको लागि प्रयास पहिलेभन्दा तीब्र बनाएका छन् । बेइजिङको नर्मल युनिभर्सिटीमा आर्थिक मामिलाका विशेषज्ञ ली शीका अनुसार चीनमा धनी र गरिबबीचको खाडल बढाउनमा रियलस्टेटको योगदान ७० प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved