मेस्सी बिनाको बार्सिलोनाको विजयी सुरुवात

  • श्रावण ३२, २०७८
  • ६३१ पटक पढिएको
  • न्यू पाटी
alt ला लिगामा एकै खेलमा २ गोल गर्ने पहिलो डेनिस खेलाडी-मार्टिन ब्राथवेट

एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसिड्याडमाथि ४–२ को जीत निकालेको छ ।

खेलको १९ औँ मिनेटमा नयाँ खेलाडी मेम्पिस डिपेको फ्रि किकमा जेरार्ड पिकेले हेडर मार्फत गोल गरेर बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि मार्टिन ब्राथवेटले ४५ औँ र ५८ औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता ३-० बनाए ।

तर ८१ औँ र ८४ औँ मिनेटमा जुलेन लोबेटे र मिकेल ओयारजाबालले गोल गर्दै सोसिड्याडलाई खेलमा फर्काउन प्रयास गरेता पनि इन्जुरी समयमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनाको ४-२ को जीत सुनिश्चित गरे ।

१७ वर्षपछि बार्सिलोनाबाट बिदा भएका स्टार खेलाडी लियोनेल मेस्सी बिनाको यो पहिलो सिजन हो । मेस्सीले बार्सिलोना छाडेपछि टोलीले यो सिजन कस्तो प्रदर्शन गर्ला भन्ने कुरा उठिरहेको बेला यो जितले केहि उत्साह प्रदान गरेको छ ।

आइतबार राति नै सम्पन्न भएका अन्य खेलमा एथ्लेटिको मड्रिडले सेल्टा भिगोलाई २–१ ले हराउँदा सेभियाले रायो भायकानोलाई ३–० ले पराजित गर्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved