इंङ्ग्लिस प्रिमियर लिग फुटलबमा म्यान्चेस्टर युनाईटेड, चेल्सी र लिभरपुलको विजयी सुरुवात

  • श्रावण ३१, २०७८
  • ६३९ पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी : गएराति भएको इंङ्ग्लिस प्रिमियर लिग फुटलबमा म्यान्चेस्टर युनाईटेड, चेल्सी र लिभरपुलले विजयी सुरुवात गरेका छन् ।

ब्रुनो फर्नान्डेजको ह्याट्रिकको मद्दतले म्यान्चेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई ५–१ को फराकिलो अन्तरले हरायो । म्यान्चेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज बाहेक मेसन ग्रिनउड र फ्रेडले एक एक गोल गरे भने पाउल पोग्बाले चारवटा एसिस्ट गरेर नयाँ सिजनको सुरुवात गरे ।

अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसमाथि ३–० को जित निकाल्यो । चेल्सीका लागि मार्कस अलन्सो, क्रिश्चियन पुलिसिक र ट्रेभो चालोबाहले एक एक गोल गरे ।

लिभरपुलले पनि नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३–० ले हरायो । लिभरपुलको जितमा मोहोमद् सालाले दुई तथा डिएगो जोटाले एक गोल गरे ।

प्रिमियर लिगका अन्य खेलहरुमा लेष्टर सिटीले वुल्भरह्याम्पटन वन्डरर्सलाई १–० ले हराउँदा एभर्टनले साउथह्याम्पटनलाई ३–१ ले, वाट्फोर्डले एस्टन भिल्लालाई ३–२ ले तथा ब्राइटनले बर्नलीलाई २–१ ले हराएका छन् ।

इंङ्ग्लिस प्रिमियर लिगमा आज दुई खेल हुनेछ । साविक विजेता म्यान्चेस्टर सिटीले टोटेनह्याम हट्सपरको सामना गर्नेछ भने न्युकासल युनाइटेडले वेष्ट ह्याम युनाईटेडसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved