विश्वमा एक लाखभन्दा बढी सङ्क्रमितको अवस्था गम्भीर

  • श्रावण ३१, २०७८
  • ६१३ पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामध्ये एक लाखभन्दा बढीको अवस्था गम्भीर रहेको छ । हालसम्म विश्वमा २० करोड ७४ लाख ७३ हजार सात सय १४ जनामा सङ्क्रमण यकिन भइसकेको छ । सङ्क्रमितमध्ये १८ करोड ५९ लाख ७६ हजार सात सय २४ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा पाँच लाख ६३ हजार चार सय ८२ जना नयाँ बिरामी थपिए । एकै दिन चार लाख ४१ हजार एक सय छ जना सङ्क्रमणमुक्त बने । एक करोड ७१ लाख ३० हजार नौ सय ४२ जनाको उपचार जारी छ । उपचाररतमध्ये एक लाख छ हजार दुई सय ५३ जनाको अवस्था गम्भीर रहेको हो । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण आठ हजार पाँच सय ९८ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ४३ लाख ६६ हजार ४८ पुगेको छ । 

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा १९ हजार आठ सय १२ सङ्क्रमितको अवस्था चिन्ताजनक छ । ६६ लाख ५३ हजार पाँच सय ५४ जना उपचाररत छन् । एकै दिन ७० हजार सात सय ४८ जना नयाँ बिरामी थपिए । 

नयाँ थपिएको सङ्क्रमित सङ्ख्या अरु मुलुकको भन्दा धेरै हो । हालसम्म अमेरिकामा तीन करोड ७४ लाख ३५ हजार चार सय ४८ जनामा कोरोना पुष्टि भइसकेको छ । तीन करोड एक लाख ४४ हजार चार सय ५६ जना निको भइसकेका छन् । 

पछिल्लो २४ घण्टामा १४ हजार तीन सय ६४ जना सङ्क्रमणमुक्त बने । एकै दिन दुई सय ५७ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या छ लाख ३७ हजार चार सय ३८ पुगेको छ । 

छिमेकी मुलुक भारतमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । तीन लाख ९२ हजार दुई सय ४१ जनाको उपचार भइरहेको छ । एकै दिन ३६ हजार एक सय २७ जनामा सङ्क्रमण यकिन भयो । 

हालसम्म तीन करोड २१ लाख ९१ हजार नौ सय ५४ जना भारतीय नागरिकमा कोरोनाको सङ्क्रमण यकिन भइसकेको छ । तीन करोड १३ लाख ६८ हजार चार सय ६० जना उपचारपछि निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ३७ हजार नौ सय ५३ जनाले कोरोनालाई पराजित गर्न सके । 

एकै दिन चार सय ९१ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या चार लाख ३१ हजार दुई सय ५३ पुगेको छ । भारत कोरोना कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो । 

ब्राजिलमा आठ हजार तीन सय १८ जना सङ्क्रमितको अवस्था गम्भीर छ । पाँच लाख ८५ हजार सात सय ९५ जनाको उपचार जारी छ । एकै दिन ३१ हजार एक सय ४२ जना नयाँ बिरामी थपिए । 

सङ्क्रमित सङ्ख्या दुई करोड तीन लाख ५० हजार एक सय ४२ पुगेको छ । एक करोड ९१ लाख ९५ हजार पाँच सय १४ जना उपचारपछि निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २१ हजार पाँच सय ९७ जना सङ्क्रमणमुक्त बने । 

पछिल्लो २४ घण्टामा नौ सय १९ जनाको मृत्यु कोरोनाका कारण भएको छ । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख ६८ हजार आठ सय ३३ पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved