बार्सिलोनामा १७ वर्ष बिताएका लियोनल मेस्सी पिएसजी मा, ३० नम्बर जर्सी लगाएर खेल्ने

  • श्रावण २७, २०७८
  • ९४२ पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी : बार्सिलोनामा १७ वर्ष बिताएका लियोनल मेस्सी फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मन "पिएसजी" मा आवद्ध भएका छन् ।

गत शुक्रबार बार्सिलोनाले आर्थिक र संरचनागत अवरोधका कारणले ३४ वर्षीय लियोनल मेस्सी क्लबमा बस्न नसक्ने बताएको थियो। पिएसजीले फ्रि एजेन्ट मेसीलाई ३५ मिलियन युरोमा २ वर्षका लागि भित्राएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।

messi 30

बार्सिलोनाबाट ब्यवसायिक जीवन शुरू गर्दाको शुरूवाती दुई वर्ष ३० नम्बर जर्सी लगाएर खेलेका मेस्सीले पिएसजीबाट पनि ३० नम्बर जर्सी लगाएर खेल्नेछन्। यसअघि उनलाई नेयमारले आफूले प्रयोग गर्दै आएको १० नम्बरको जर्सी दिने भने पनि उक्त प्रस्तावलाई मेसीले अस्वीकार गर्दै आफैंले ३० नम्बर रोजेको बताइन्छ।

विश्वका स्टार खेलाडी नेयमार र किलियन एम्बाप्पे रहेको पिएसजीमा मेस्सीको आगमनले पिएसजी फुटबल क्लब झनै शक्तिशाली भएको क्लबका अध्यक्ष नासिर अल खलिफाले बताएका छन् । उनको आगमन पछि क्लबले युरोपियन च्याम्पियन्स लिग फुटबल जित्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved