‘द भ्वाइस अफ नेपाल’ काे उपाधि किरण गजमेरलाई

  • श्रावण २४, २०७८
  • ९५५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । चर्चित गायन रियालिटी शो  ‘द भ्वाइस अफ नेपाल’ काे तेस्रो सिजनको उपाधि किरण गजमेरले जितेका छन् ।आज भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धीहरूलाई पछि पार्दै गजमेर उपाधि जित्न सफल भएका हुन् ।

प्रतियाेगिताकाे फिनालेमा भ्वाइस अफ नेपालका चारै काेचका एक–एक प्रतिभा पुग्न सफल भएका थिए । महागुरू काेच दीप श्रेष्ठकाे समूहबाट दार्जिलिङका आर्यन तामाङ, टीम प्रमाेद खरेलका तर्फबाट किरण गजमेर, टीम राजु लामाका तर्फबाट तारा श्रीष मगर र टीम तृष्णा गुरूङकाे तर्फबाट ज्वाला राईबीच प्रतिस्पर्धा भएकाे थियाे ।

हिमालय टेलिभिजन र ‘द भ्वाइस अफ नेपाल’ काे अफिसियल युट्युबमार्फत प्रत्यक्ष प्रसारण गरिएकाे प्रतियाेगिताकाे फिनालेमा अन्तिम चार प्रतिस्पर्धीका समर्थक, प्रतियाेगिताका प्रायाेजक र नेपालका चर्चित वरिष्ठ मुटु सर्जन डा. भगवान काेइरालाकाे उपस्थिती रहेकाे थियाे ।

यस संस्करणकाे भ्वाइस अफ नेपालकाे विजेताले २५ लाख नगद पुरस्कार र गाेल्डेन ट्रफी  प्राप्त गरेका छन् । साथै प्रतियाेगिताका उत्कृष्ट १२ प्रतियाेगीहरूले ‘द भ्वाइस अफ नेपाल’ काे तेस्रो सिजनको विजेतासँगै विश्व भ्रमण गर्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved