१७ वर्ष पछि लियोनल मेस्सीले छाडे बार्सिलोना

  • श्रावण २२, २०७८
  • ६८४ पटक पढिएको
  • Sangeet Sigdel
alt

चतरा । अर्जेन्टाइन फुटबल खेलाडी लियोनल मेस्सीले १७ वर्ष पछि क्याटलन क्लब बार्सिलोना छाड्ने भएका छन् ।

१३ वर्षको उमेरमा बार्सिलोना क्लबमा आवद्ध भएका मेस्सीको सम्झौता गत जुलाई १ तारिखमा सकिएको थियो। क्लब प्रेसिडेन्ट जोन लापोर्ताले धेरै सकस गरेर मेस्सीको नयाँ सम्झौतालाई थप ५ वर्ष गर्न सहमति भई सकेको अवस्थामा स्पेनिस ला लिगाको आर्थिक र संरचनात्मक बाधाका कारण उनलाई नयाँ सिजनका लागि दर्ता गर्न असम्भव भएको हो ।

क्याटलन फुटबल क्लबले बिहीबार एक विज्ञप्ती जारी गर्दै आर्थिक र संरचनात्मक बाधाका कारण मेस्सीसँग नयाँ सम्झौता गर्न असमर्थ रहेकाले मेस्सी एफसी बार्सिलोनामा नरहने जानकारी दिएको छ । साथै बार्सिलोनाले मेस्सीलाई क्लबप्रति पुर्याएको योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ ।

मेस्सीले बार्सिलोना सँग रहेर १० ला लिगा, चार च्याम्पियन्स लिग, सात कोपा डेल रे, आठ स्पानिस सुपर कप र छ वटा ब्यालेन्डोर जितेका छन्। मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६७२ गोल गरेका छन् भने ला लिगाका सर्वाधिक ४७४ गोल गर्ने खेलाडी पनि हुन्।

मेस्सी फ्रि एजेन्ट भए संगै युरोपका अन्य चर्चित क्लबहरुले उनलाई आफ्नो क्लबमा भित्र्याउने प्रयास सुरु गरेका छन् । फ्रान्सको पेरिस सेन्ट जर्मन र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी मेस्सीलाई आफ्नो क्लबमा भित्र्याउन निरन्तर लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved