ओलम्पिक : सरस्वती चौधरीको सामान्य प्रदर्शन, सकियो नेपालको सम्भावना

  • श्रावण १५, २०७८
  • ७०२ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डाै । जापानको टोकियोमा जारी ओलम्पिकअन्तर्गत नेपाली समयाअनुसार आज बिहान भएको दौड प्रतियोगितामा सरस्वती चौधरीले सामान्य प्रदर्शन गरेकी छन्। 

चौधरीले महिला १ सय मिटर दौडमा हिट २ मा दौडिँदै निर्धारित दूरी १२.९१ सेकेन्डमा पूरा गरेकी हुन्। आफ्नो हिटमा रहेका ९ जनामध्ये उनले आठौं स्थान लिएकी हुन्। योसँगै उनको सहभागिता हिट चरणमै सीमित भएको छ।

यसअघि सन् २०१९ मा कतारमा सम्पन्न विश्व च्याम्पियनसिपमा १२.७२ सेकेन्ड र त्यसपछि १३औं सागमा १२.५५ सेकेन्डको समयमा निर्धारित दूरी पार गरेकी उनले यसपटक आफ्नै उत्कृष्टतामा पनि सुधार गर्न सकिनन्।

योसँगै टोकियो ओलम्पिकमा नेपालको सम्भावना सकिएको छ। सहभागी ५ खेलाडीमध्ये तीन जनाले राष्ट्रिय कीर्तिमान राखेका छन्। 

पौडीमा एलेक्स शाह र गौरिका सिंहले सय मिटर फ्रिस्टाइल तथा सुटिङमा कल्पना परियारले १० मिटर एअर राइफलमा कीर्तिमान कायम गरेका हुन्। जुडोमा सोनिया भट्ट पहिलो चरणमै बाहिरिएकी थिइन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved