निर्मला हत्याकाे तिन वर्ष : न हत्यारा पत्ता लाग्याे , न पिडितले न्याय नै पाए !

  • श्रावण १०, २०७८
  • ६४९ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डाै । तीन वर्षअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला पन्तका हत्यारा अझैसम्म पत्ता लाग्न सकेका छैनन् । आजैका दिन अर्थात २०७५ साल साउन १० गते उनको हत्या भएको थियो ।

उनको शव भोलिपल्ट भीमदत्त –१८ र २ को सीमानजिकको उखुबारीमा भेटिएको थियो । पोस्टमार्टम रिपोर्ट र अनुसन्धानबाट उनको हत्या बलात्कारपछि भएको पुष्टि भए पनि घटना भएको तीन वर्ष पूरा हुँदासम्म हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । 

गृहकार्य गर्छुभन्दै साउन १० गते दिउँसो साथीको घर गएकी निर्मला त्यही दिनदेखि अभिभावकबाट सम्पर्कविहीन बनेकी थिइन् । भोलिपल्ट हत्या गरिएको अवस्थामा शव भेटिएको हो । 

प्रहरीले निर्मलाको हत्यामा संलग्नभन्दै भदौ ४ गते दिलीप विष्टलाई सार्वजनिक गरेको थियो । तर उनको मानसिक अवस्था ठीक नभएको पाइएपछि हत्यारा बचाउन विष्टलाई खडा गरिएको भन्दै आन्दोलन चर्कियो । दिलीपको डिएनए नमिलेपछि उनलाई छाडियो । 

आन्दोलन चर्किएसँगै यो घटनाले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको थियो । आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर भीमदत्त–१८ का १४ वर्षे सन्नी खुनाको मृत्यु भयो । एक दर्जनभन्दा बढी घाइते भएका थिए । 

घटनाको अनुसन्धानमा लापरबाही गर्दै प्रमाण नष्ट गरेको आरोप कञ्चानपुर प्रहरीलाई लाग्यो । तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका इन्सपेक्टर जगदिशप्रसाद भट्टलाई बर्खास्त गरियो । 

घटनाको अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का तत्कालीन डिएसपी अङ्गुर जिसी, कञ्चनपुर प्रहरीका डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का, सइ रामसिंह धामी, हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परे । कारबाहीमा परेका प्रहरी अधिकारीले अदालतबाट सफाइ पाइसकेका छन् । 

घटनाको छानबिनका लागि विभिन्न समिति बनाइयो । समितिहरुले प्रतिवेदन पनि बुझाए । तर प्रतिवेदन कार्यान्वयनमा ल्याइएको छैन । न त निर्मला पन्तका हत्यारा नै पत्ता लागेका छन् । 

निर्मलाकी आमा दुर्गादेवी पन्तले अपराधीले छोरीको हत्या गरे पनि न्याय पाउन नसकेको गुनासो पोखिरहेकी छन् । उनको गुनासोबाटै बलात्कारपछि उखुबारीमा लगेर छोरीको घाँटी निमोठ्ने अपराधीको पहिचान नहुँदा पीडामाथि पीडा थपिएको प्रष्ट हुन्छ ।  

तर निर्मलाको परिवारले अहिलेको सरकारसँग भने न्यायको अपेक्षा राखेको छ । घटना भएका बेला अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मलाका अभिभावकलाई भेटेर अपराधीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई दबाब दिने आश्वासन दिएका थिए । अहिले उनी प्रधानमन्त्री बनेपछि त्यही आश्वासन पूरा हुने आशमा निर्मलाका अभिभावक रहेका हुन् । 

यो घटनालाई नेपाल प्रहरीले पनि प्राथमिकतामा राखेर अनुसन्धान गरेको प्रहरी अधिकारी बताउँछन् । तर तीन वर्षसम्म घटनाको वास्तविकता बाहिर ल्याउन र यथार्थ पत्ता लगाउन प्रहरी सफल भइरहेको छैन । यद्यपि प्रहरी अधिकारीले सवुत प्रमाण जुटाउने क्रममा घटनाको अनुसन्धान निस्कर्षनजिक पुगिसकेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved