मिस कोशीमा १७ जना छनौट, दोस्रो र तेस्रो अडिसन पनि हुने

  • श्रावण ७, २०७८
  • ६५३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । छैठौं संस्करणको मिस कोशी प्रतियोगिताकोमा पहिलो चरणको अडिसनबाट १७ जना किशोरी छनौट भएका छन् । विराटनगर र इटहरीमा भएको पहिलो चरणको अनलाइन र भौतिक रूपमा लिएको अडिसनमा ३१ जना किशोरी सहभागीमध्ये १७ जनालाई फाइनलको लागि छनौट गरिएको हो ।

जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिताको विराटनगरमा भएको पहिलो अडिसनमा विराटनगर १५ जना सहभागी थिए भने इटहरीमा १६ जना सहभागी रहेको जय मिडिया म्यानिजमेन्ट प्रालिका चियरमेन जय राज रायले जानकारी दिए ।

प्रतियोगिताको दोस्रो र तेस्रो चरणको पनि अडिसन हुने भएको छ । दोस्रो अडिसन विराटनगरमा साउन १५ र १६ गते इटहरीमा हुनेछ । कोभिड १९ को कारणले आयोजकले स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै अडिसन गर्दै आएको सिइओ निशा खतिवडाले जानकारी दिइन् ।

‘अडिसनमा भाग लिने किशोरीहरूको लागि हामीले अनलाइनबाट पनि आवेदन लिने गरेका छौं,’ उनले भनिन्, ‘इच्छुकले अनलाइनबाट पनि यस प्रतियोगिताको अडिसनमा सहभागी जनाउन पाउनुहुनेछ ।’ किशोरीमा भएको प्रतिभा उजागर गर्नुको साथै व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनल आगामी भदौ आन्तिम तिर हुनेछ ।

आयोजकले सहभागीहरूको सहजको लागि अनलाइन र भौतिक रुपमा अडिसन लिने गरेको छ । फाइनलमा ३० देखि ३५ जना किशोरी छनौट गरिने आयोजकले तयारी गरेको छ । प्रतियोगिताको बिजेता स्कुटी र विभिन्न गिफ्ट ह्याम्परको साथै पोखरा टुर पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved