शान्ति सम्झौता भएको १५ वर्षपछि ‘स्टक’मा रहेका बम डिस्पोज

  • श्रावण ६, २०७८
  • ३४२ पटक पढिएको
  • न्यू पाटी
alt

 इटहरी ।जिल्ला प्रहरी कार्यालय मोरङमा स्टकमा रहेको बम एवं विष्फोटक पदार्थ नष्ट (डिस्पोज) गर्न थालिएको छ । माओवादी सशस्त्र द्वन्द्वका समयमा प्रहरीले पाएको विष्फोटक पदार्थ शान्ति सम्झौताको १५ वर्षपछि नष्ट गर्न थालिएको हो ।
 
तत्कालीन सरकारले माओवादी गतिविधि नियन्त्रण गर्न २०५९ सालमा प्रहरीलाई प्लाष्टिक हेन्ड–ग्रिनेट, ग्यास–हेन्ड ग्रिनेट, लङरेन्ज–हेन्ड ग्रिनेटसमेतका विष्फोटक पदार्थ उपलब्ध गराएको थियो ।

तीमध्ये मोरङमा प्लाष्टिक हेन्ड–ग्रिनेट ३२७, ग्यास–हेन्ड ग्रिनेट ११० र लङरेन्ज–हेन्ड ग्रिनेट ६९ थान स्टकमा थिए । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार स्टकमा भएका र म्याद सकिएका विष्फोटक पदार्थ नष्ट गर्न थालिएको हो ।
 
प्रयोगविहीन भएर काम नलाग्ने अवस्थामा पुगेका विष्फोटक पदार्थ नष्ट गर्न प्रहरी प्रधान कार्यालयले परिपत्र गरेपछि कानेपोखरी जङ्गलमा लगेर नष्ट गर्न थालिएको उनले बताए । 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले लामो समयअघि सरकारले सुरक्षा निकायलाई दिएका विष्फोटक पदार्थ पुरानो भएर कामै नलाग्ने अवस्थामा पुगेको बताए ।

यस्ता पदार्थ भण्डारणस्थलमै विष्फोट भएर मानवीय एवं भौतिक क्षति गर्नसक्ने जोखिम बढेपछि नेपाली सेनासँगको समन्वयमा नष्ट गर्न थालिएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved