डब्लुएचओकाे चेतावनी : कोरोनाको झन् खतरनाक भेरियन्ट आउँदैछ

  • श्रावण १, २०७८
  • ८९५ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डाै । कोरोनाको झन् खतरनाक भेरियन्ट फैलनसक्ने अवस्था रहेको चेतावनी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले दिएको छ । विश्वमा कोरोना महामारी नियन्त्रणमा आउन नसकिरहेका बेला अझै खतरनाक भेरियन्ट फैलनसक्ने डब्लुएचओले जनाएको छ ।

खतरनाक भेरियन्ट विश्वभर फैलिनसक्ने र त्यसले महामारीको अर्को रूप लिने अवस्था रहेकाले नियन्त्रण झन् जटिल बन्ने डब्लुएचओको भनाइ छ । डब्लुएचओको इमरजेन्सी कमिटीले कोरोना महामारी सकिएको नठान्न र उच्च सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।

सङ्क्रमण केही कम भएसँगै विश्वमा कोरोनाको महामारी सकिन लागेको भन्दै गलत हल्ला फैलाउन थालिएकाले यसप्रति सचेत रहन डब्लुएचओले आग्रह गरेको हो ।

डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोनाको महामारी नसकिएको बताए । उनले अझै खतरनाक भेरियन्ट फैलने अवस्था रहेको भन्दै सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् । उनले कोरोना महामारी नियन्त्रणनजिक पनि पुग्न नसकिएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved