विश्वमा बढ्दै सक्रिय सङ्क्रमित, महामारीले अर्को रूप लिने सम्भावना

  • असार ३०, २०७८
  • ४०३ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डाै । विश्वमा पछिल्लो समय कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । केही दिनदेखि दैनिक निको हुनेभन्दा नयाँ थपिने बिरामीको सङ्ख्या धेरै छ । जसका कारण केही समयअघिसम्म घट्दै गइरहेको सक्रिय सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेको हो ।  विश्वमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा फेरि कोरोनाले महमारीको अर्को रूप लिनसक्ने सम्भावना बढेको छ । 

विश्वमा आज (बुधबार) बिहानसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या एक करोड २० लाख ९९ हजार छ सय ३९ पुगेको छ । एकै दिन विश्वमा चार लाख ८७ हजार चार सय २५ नयाँ बिरामी थपिएका छन् । तर २४ घण्टाभित्र निको भएर कोरोनामुक्त हुनेको सङ्ख्या भने तीन लाख ९३ हजार आठ सय ६७ मात्रै छ । 

उपचार गराइरहेका सक्रिय सङ्क्रमितमध्ये ७८ हजार आठ सय ६९ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन विश्वमा निको हुनेभन्दा थपिने सङ्क्रमितको सङ्ख्या ९३ हजार पाँच सय ५८ ले बढी छ । अघिल्लो दिन विश्वमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक करोड १९ लाख ९७ हजार छ सय ९३ थियो । 

विश्वमा जम्मा सङ्क्रमित सङ्ख्या १८ करोड ८५ लाख ५६ हजार आठ सय ५२ पुगेको छ । सङ्क्रमितमध्ये १७ करोड २३ लाख ९२ हजार दुई सय २६ जना उपचारपछि निको भएका छन् । कोरोना महामारी उत्कर्षमा पुगेका बेला विश्वमा एकै दिन सात लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । 

पछिल्लो २४ घण्टामा विश्वभर सात हजार सात सय ७८ जनाको मृत्यु कोरोनाका कारण भएको छ । हालसम्म ४० लाख ६४ हजार नौ सय ८७ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । महामारी उच्च विन्दुमा पुग्दा विश्वमा एकै दिन १४ हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो । 

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा ४८ लाख ७४ हजार चार सय २२ जना सक्रिय सङ्क्रमित रहेका छन् । उपचाररत सक्रिय सङ्क्रमितमध्ये चार हजार छ सय ११ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा २३ हजार सात सय ९२ नयाँ बिरामी थपिए । 

अमेरिकामा एकै दिन २१ हजार आठ सय ८८ जना उपचारपछि निको भए । निको हुनेभन्दा थपिने सङ्ख्या एक हजार नौ सय चारले धेरै छ । हालसम्म जम्मा सङ्क्रमित सङ्ख्या तीन करोड ४८ लाख एक हजार तीन सय ३९ पुगेको छ । 

सङ्क्रमितमध्ये दुई करोड ९३ लाख तीन हजार पाँच सय ३५ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा दुई सय ६६ जनाको मृत्यु कोरोनाका कारण भएको छ । हालसम्म कोरोना सङ्क्रमित छ लाख २३ हजार तीन सय ८२ जना अमेरिकी नागरिकको मृत्यु भइसकेको छ । 

छिमेकी मुलुक भारतमा चार लाख ३६ हजार पाँच सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन ४० हजार एक सय ५९ जना नयाँ बिरामी थपिए । 

पछिल्लो २४ घण्टाभित्र ४० हजार सात सय ३५ जना निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । भारतमा सङ्क्रमितको सङ्ख्या तीन करोड नौ लाख ४४ हजार आठ सय ९३ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म तीन करोड ९६ हजार आठ सय ६५ जना उपचारपछि निको भएका छन् । 

एकै दिन छ सय २३ जनाको मृत्यु कोरोनाका कारण भएको छ । हालसम्म चार लाख ११ हजार चार सय ३९ भारतीय सङ्क्रमितको मृत्यु भइसकेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । 

ब्राजिलमा सक्रिय सङ्क्रमित आठ लाख ४५ हजार पाँच सय ३८ रहेका छन् ।  उपचार गराइरहेका सक्रिय सङ्क्रमितमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । एकै दिन ब्राजिलमा ४५ हजार २२ जना नयाँ बिरामी थपिए । 

पछिल्लो २४ घण्टाभित्र निको हुनेको सङ्ख्या एक लाख तीन हजार नौ सय ६३ रहेको छ । ब्राजिलमा भने नयाँ थपिएकाभन्दा निको हुने सङ्क्रमितको सङ्ख्या धेरै छ । हालसम्म एक करोड ९१ लाख ५१ हजार नौ सय ९३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । 

सङ्क्रमितमध्ये एक करोड ७७ लाख ७० हजार छ सय १७ जना उपचारपछि निको भइसकेका छन् । ब्राजिलमा एकै दिन एक हजार पाँच सय २७ सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या कोरोनाका कारण विश्वका अन्य मुलुकमा मृत्यु भएका सङ्क्रमितको भन्दा धेरै हो । 

ब्राजिलमा हालसम्म पाँच लाख ३५ हजार आठ सय ३८ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । विश्वमा अमेरिकापछि ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या धेरै छ । समग्र सङ्क्रमणको हिसाबले ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो । 

पछिल्लो २४ घण्टामा विश्वका विभिन्न मुलुकभन्दा इन्डोनेसियामा धेरै सङ्क्रमित थपिएका छन् । एकै दिन इन्डोनेसियामा ४७ हजार आठ सय ९९ जना नयाँ बिरामी थपिए । केही दिनदेखि अरु मुलुकभन्दा नयाँ थपिने सङ्क्रमितको सङ्ख्या इन्डोनेसियामा धेरै हुने गरेको छ । 

इन्डोनेसियामा सङ्क्रमित सङ्ख्या २६ लाख १५ हजार पाँच सय २९ छ । सङ्क्रमितमध्ये २१ लाख ३९ हजार छ सय एक जना उपचारपछि निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एकै दिन २० हजार एक सय २३ जना निको भए । 

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै १५ औँ नम्बरमा रहेको इन्डोनेसियामा चार लाख सात हजार सात सय नौ जना सक्रिय सङ्क्रमित रहेका छन् । एकै दिन आठ सय ६४ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण ६८ हजार दुई सय १९ जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved